काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव योगेश भट्टराईले वालेन्द्र शाह नेतृत्वको सरकारलाई यो महाविपत्तिमा सरकारले गर्नुपर्ने कामहरुको बारेमा ध्यानाकर्षण गराएका छन् ।
भट्टराईले सामाजिक संजालमा लेखेका छन्–यो महासंकट र महाविपत्ति भएकाले सिंगो राष्ट्रले एकता प्रदर्शन गर्ने बेला हो । अंहकार, निषेध र प्रतिशोधलाई आफ्नै पैतालाले कुल्चने र एकता र सहकार्यको हात बढाउने बेला हो । आह्वान र नेतृत्व प्रधानमन्त्रीले गर्ने हो । यो पदीय र ऐतिहासिक जिम्मेवारी पूरा गर्न सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई अनुरोध गर्दछु र निम्नकामका लागि ध्यानाकर्षण गर्दछु ।
भट्टराईले ध्यानाकर्षण गराएका बुँदाहरु
१. जोखिमपूर्ण उद्धार, मुख्य सडक, पुल लगायतका ठुला संरचनाको निर्माणको काम केन्द्र सरकारले गर्ने । यसका लागि वैदेशिक सहयोग, जनशक्ति तथा उपकरण समेत परिचालन गर्ने ।
२.. घाइतेको उद्धार र उपचार मूलत केन्द्र र प्रदेश सरकारको समन्वयमा गर्ने । स्थानीय सरकारको सहयोग लिने । यसका लागि स्वास्थ्यमन्त्रीको संयोजकत्वमा तीन तहको सरकारका प्रतिनिधि सम्मिलित एक समन्वय समिति गठन गर्ने ।
३. बैकल्पिक सडक खोल्ने र सुचारू गर्ने काम प्रदेश सरकारले गर्ने । केन्द्र सरकारले प्रविधि र जनशक्ति सहयोग गर्ने ।
४. मृतकहरुको शव पहिचान, दाहसंस्कार र व्यस्थापनमा स्थानीय सरकारको सहयोग लिने ।
५. तत्काल आवश्यक खाद्यान्न, लत्ताकपड़ा, अस्थायी आवासका सामाग्रीको संकलन र अभिलेखीकरणलाई एकीकृत गर्ने । यसको बितरणको काम स्थानीय सरकारलाई दिने ।
६. सार्वजनिक तथा निजी भौतिक सम्पत्तिको क्षतिको यथार्थ बिबरण तत्काल संकलन गर्ने । २०७२ को भूकम्पपछिको पुननिर्माणको अवधारणा अनुसार दुई वर्षभित्रमा पुनःनिर्माणको काम सन्पन्न गर्ने । पुनःनिर्माणको काममा तीनै तहका सरकारलाई एकीकृत रूपमा सहभागितासहित परिचालन गर्ने ।
७. पुननिर्माण कोषको स्थापना गर्ने । यस कोषमा देशभित्र र बाहिरबाट सहयोगको आह्वान गर्ने । उपयुक्त कानुन र कार्यविधि बनाएर यो कोष पीडितहरूको जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा निजी क्षेत्रबाट निर्माणाधीन तथा संचालित जलबिद्युत आयोजना लगायत अन्य उद्योग तथा व्यवसाय पुनः संचालनमा परिचालित गर्ने ।
८. प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय संयन्त्रमार्फत् उद्धार, राहत तथा पुननिर्माणको अनुगमन गर्ने ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीको विपदमा उद्धार र राहतको विषयमा अहिलेसम्म भइरहेको कामको जानकारी लिएका छन् । आइतबार...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सुरुङभित्र फसेकाहरूको उद्धारका लागि मुलुकभित्र उपलब्ध प्राविधिक क्षमताले मात्रै पर्याप्त नहुने अवस्था देखिएमा बाह्य मुलुकको सहयोग लिन...
काठमाडौँ । भोटेकोशी-त्रिशूली बाढी प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यमा सहयोग गर्न चीनले ५० टन आपत्कालीन राहत सामग्रीसहित चार जना सुरुङ उद्धार विज्ञ...
काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ७३४ जनाको शव फेला परेको छ । राष्ट्रिय विपषद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले मुलुकमा आइपरेको प्राकृतिक विपद्पछिको उद्धार र राहत कार्यलाई तीव्रता दिन सरकारले मित्रराष्ट्रहरूसँग विभिन्न प्राविधिक सहयोगको प्रस्ताव गरेको जानकारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend