काठमाडौं । नेकपा(एमाले)का उपमहासचिव योगेश भट्टराईले वालेन्द्र शाह नेतृत्वको सरकारलाई यो महाविपत्तिमा सरकारले गर्नुपर्ने कामहरुको बारेमा ध्यानाकर्षण गराएका छन् ।
भट्टराईले सामाजिक संजालमा लेखेका छन्–यो महासंकट र महाविपत्ति भएकाले सिंगो राष्ट्रले एकता प्रदर्शन गर्ने बेला हो । अंहकार, निषेध र प्रतिशोधलाई आफ्नै पैतालाले कुल्चने र एकता र सहकार्यको हात बढाउने बेला हो । आह्वान र नेतृत्व प्रधानमन्त्रीले गर्ने हो । यो पदीय र ऐतिहासिक जिम्मेवारी पूरा गर्न सम्माननीय प्रधानमन्त्री बालेन शाहलाई अनुरोध गर्दछु र निम्नकामका लागि ध्यानाकर्षण गर्दछु ।
भट्टराईले ध्यानाकर्षण गराएका बुँदाहरु
१. जोखिमपूर्ण उद्धार, मुख्य सडक, पुल लगायतका ठुला संरचनाको निर्माणको काम केन्द्र सरकारले गर्ने । यसका लागि वैदेशिक सहयोग, जनशक्ति तथा उपकरण समेत परिचालन गर्ने ।
२.. घाइतेको उद्धार र उपचार मूलत केन्द्र र प्रदेश सरकारको समन्वयमा गर्ने । स्थानीय सरकारको सहयोग लिने । यसका लागि स्वास्थ्यमन्त्रीको संयोजकत्वमा तीन तहको सरकारका प्रतिनिधि सम्मिलित एक समन्वय समिति गठन गर्ने ।
३. बैकल्पिक सडक खोल्ने र सुचारू गर्ने काम प्रदेश सरकारले गर्ने । केन्द्र सरकारले प्रविधि र जनशक्ति सहयोग गर्ने ।
४. मृतकहरुको शव पहिचान, दाहसंस्कार र व्यस्थापनमा स्थानीय सरकारको सहयोग लिने ।
५. तत्काल आवश्यक खाद्यान्न, लत्ताकपड़ा, अस्थायी आवासका सामाग्रीको संकलन र अभिलेखीकरणलाई एकीकृत गर्ने । यसको बितरणको काम स्थानीय सरकारलाई दिने ।
६. सार्वजनिक तथा निजी भौतिक सम्पत्तिको क्षतिको यथार्थ बिबरण तत्काल संकलन गर्ने । २०७२ को भूकम्पपछिको पुननिर्माणको अवधारणा अनुसार दुई वर्षभित्रमा पुनःनिर्माणको काम सन्पन्न गर्ने । पुनःनिर्माणको काममा तीनै तहका सरकारलाई एकीकृत रूपमा सहभागितासहित परिचालन गर्ने ।
७. पुननिर्माण कोषको स्थापना गर्ने । यस कोषमा देशभित्र र बाहिरबाट सहयोगको आह्वान गर्ने । उपयुक्त कानुन र कार्यविधि बनाएर यो कोष पीडितहरूको जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, रोजगारी तथा निजी क्षेत्रबाट निर्माणाधीन तथा संचालित जलबिद्युत आयोजना लगायत अन्य उद्योग तथा व्यवसाय पुनः संचालनमा परिचालित गर्ने ।
८. प्रधानमन्त्रीको अध्यक्षतामा सर्वदलीय संयन्त्रमार्फत् उद्धार, राहत तथा पुननिर्माणको अनुगमन गर्ने ।
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend