काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराई एमाले देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादीहरूको पार्टी भएकाले उपरोक्त मान्यता राख्नेहरू एजेन्ट र दलाल हुन नसक्ने बताएका छन् ।
एमालेभित्र बहस र छलफल हुन्छन् । पार्टीलाई वैचारिक, राजनीतिक, सांगठनिक तथा ब्यबहार, कार्यशैली, आचरण र नेतृत्वको व्यापक र बहुआयामिक पुनर्गठन मार्फत् नेकपा एमालेको पुनर्जागरण गर्नुपर्ने बहस भइरहेको छ भने अर्को पक्षले यथास्थितिमै पार्टीलाई लाने पक्षमा रहेको छ । तर यस्तो बहस र छलफलले पार्टीलाई कमजोर नबनाउने बताउँदै उनले राप्रपा, माओवादी, नेपाली कांग्रेस, मधेशवादी जस्ता प्रतिस्पर्धी दलसँग समेत मिलेर चुनाव लडेको र अनेक पार्टीसँग सत्ता साझेदारी गरेको पार्टीले आफनै पार्टीभित्रको फरक बिचारप्रति बैरभाव राख्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ भट्टराईको धारणा छ ।
सामाजिक संजालमा भट्टराईले लेखेका छन्–‘यतिबेला पनि नेकपा एमालेमा दुईवटा बिचारकाबीचमा बहस भइरहेको छ । यो बहस पार्टी कमिटीमा मात्र सीमित नभएर सार्वजनिक संचार माध्यमसम्म पुगेको छ । बहसमा एमालेपंक्तिका अलवा सार्वजनिक टिप्पणीकार र बुद्धिजीवीहरूको समेत सहभागिता देखिन्छ ।
बहसको एउटा पक्ष छ( पार्टीलाई वैचारिक, राजनीतिक, सांगठनिक तथा ब्यबहार, कार्यशैली, आचरण र नेतृत्वको व्यापक र बहुआयामिक पुनर्गठन मार्फत् नेकपा एमालेको पुनर्जागरण ।
बहसको दोश्रो पक्ष छ– सबै पक्षमा यथास्थिति ।
दुवै पक्षका आफना तर्कहरू छन । राजनीतिक बहसलाई तर्क र तथ्यमा टेकेर नै संचालन गर्नु पर्दछ । नेकपा एमाले देशभक्त, लोकतान्त्रिक, प्रगतिशील तथा समाजवादीहरूको पार्टी हो । उपरोक्त मान्यता राख्नेहरू केही पनि न कसैको एजेण्ट हुन सक्छन न कसैको दलाल १ राप्रपा, माओवादी, नेपाली कांग्रेस, मधेशवादी जस्ता प्रतिस्पर्धी दलसँग समेत मिलेर चुनाव लडेको र अनेक पार्टीसँग सत्ता साझेदारी गरेको पार्टीले आफनै पार्टीभित्रको फरक बिचारप्रति बैरभाव राख्नु एमालेले निर्माण गरेको सभ्यता र संस्कृतिको खिलाफ हुन्छ ।
राजनीतिक बहस र छलफलले पार्टीलाई कहिल्यै कमजोर बनाएको छैन । आफना बिचारका विरुद्ध उभिनुभएका मनमोहन अधिकारी, सीपी मैनाली लगायतका नेताहरूलाई मदन भण्डारीले कसैको दलाल वा एजेण्ट भन्नुभएन बरु वहाँहरूलाई पार्टीमा सम्माजनक स्थानमा राखेर सहकार्य गर्नुभयो । यो हो एमालेको संस्कृति । समयानुकुल पार्टी पुनर्गठन हुने नै छ । पुर्नगठित पार्टीमा सबैको सम्मान हुने छ ।
भिन्न भिन्न बिचार र मतकाबीचमा हार्दिकतापूर्ण सहकार्य हुनेछ । निषेधकारी व्यवहारको अन्त्य हुने छ । पार्टी सामुहिक र संस्थागत ढाँचामा चल्ने छ । तसर्थस् आजको बहसलाई राजनीतिक र वैचारिक दिशादिन सम्पूर्ण एमालेजनमा म हार्दिक अनुरोध गर्दछु । ख्याल गरौ हामी जवजबादी हौ ! हामी मदन भण्डारीका उत्तराधिकारीहरू हौ !’
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैंका अवसरमा सोमबार काठमाडौं उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन एवं पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्। उक्त अवसरमा राष्ट्रपति पौडेलले प्रथम महिला...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend