Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • रास्वपा–राप्रपाको अवरोधकै बीच प्रतिनिधिसभा बैठक बस्दै, निजामती सेवा विधेयक पारित गर्ने तयारी


    मंगलबार, असार ३ २०८२
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरोध गर्दैआएका भए पनि बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बस्न लागेको हो ।

    आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची छ ।

    संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि छलफल र पारितका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

    रास्वपा–राप्रपा अवरोधकै बीच आज निजामती सेवा ऐन पारित गर्ने तयारीमा सत्तापक्ष छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार