काठमाडौं । नेपाल प्रहरीले शुक्रबार गरेको डीआईजी सरुवामा बेथिति देखिएको छ । शुक्रबार दिउँसो एसएसपीबाट बढुवा भएका ११ जना डीआईजीलाई गृह मन्त्रालयले पदस्थापन गरेको थियो । पदस्थापनमा डीआईजी ओमबहादुर रानालाई अख्तियार दुरुपयोग अनुसन्धानमा खटाइएको थियो ।
अख्तियारमा कार्यरत डीआईजी हिमालय श्रेष्ठलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको थियो । भिजिट भिसा प्रकरणको अनुसन्धान गरिरहेका डीआईजी श्रेष्ठलाई गृहमन्त्री रमेश लेखकको दबाबमा सरुवा गरिएको समाचार भाइरल भयो ।
साँझ गृहमन्त्रीकै निर्देशनमा श्रेष्ठलाई अख्तियारमै थमौती गरी रानालाई उपत्यका प्रहरी कार्यालयमा पदस्थापन गरियो । रानाको पदस्थापन ३ घन्टामै संशोधन गर्न गृहमन्त्रालय बाध्य भएको थियो ।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईसँग सहमति लिएरै गृहले रानालाई अख्तियारमा पदस्थापन गरेको थियो ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend