Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न नदिने माओवादी अडान, बालुवाटार बैठक निष्कर्षबिहीन


    सोमबार, जेष्ठ १९ २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(मााओवादी) केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक सञ्चालन हुन नसक्ने अडान कायम राखेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा बोलाएको प्रमुख तीन दलका शीर्षनेताहरूको बैठकमा माओवादी केन्द्रले राजीनामा नदिएसम्म संसद चल्न नदिने आफ्नो अडान दोर्होयाएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

    ‘बालुवाटारको बैठकमा छलफल मात्र भयो । सत्तापक्ष र प्रधानमन्त्रीले संसद् खोल्नुपर्छ भन्नुभयो । गृहमन्त्री लेखकले पनि राजीनामाको सट्टा संसद् सञ्चालन गर्नुपर्ने कुरा राख्नुभयो’ पाण्डेले भने, ‘हामीले सुशासनलाई प्राथमिकता दिँदै गृहमन्त्रीको राजीनामा माग गरेका छौँ । हाम्रो अडान यथावत छ ।’

    माओवादी केन्द्रलाई संसद चल्न सहमत गराएर विपक्षी पार्टीहरुबीच फुट ल्याउने प्रधानमन्त्री ओलीको प्रयास माओवादीले असफल पारिदिएको छ ।

    माओवादी नेता पाण्डेले भिजिट भिसा प्रकरणमा भएको अनियमितताको छानबिन आवश्यक रहेको र यो विषय संसद्मा औपचारिक रूपमा उठाइसकिएको बताए ।

    एमाले र कांग्रेसले भिजिट भिसा प्रकरणमा कर्मचारीतिर मात्र दोष देखाएर गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुनपर्ने निर्णय गरेका छन् । तरश माओवादी केन्द्रदेखि सबै बिपक्षीले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने अडान राख्दै संसद अवरुद्ध गर्दैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार