काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद चल्न नदिने अडान बिपक्षी दलहरुले राखेपछि सभामुखले बोलाएको छलफल निष्कर्षबिहीन भएको छ ।
भिजिट भिसामा दैनिक सयौं नेपालीलाई अरब मुलकदेखि यूरोपमा पठाउने क्रममा दैनिक पचासौं लाख घुस असुली हुने गरेको र त्यसमा गृहमन्त्री मुछिएकाले उनको राजीनामालाई नै विपक्षी पार्टीहरुले बटमलाइन बनाएर संसद चल्न नदिएपछि सभामुखले आधा घन्टा स्थगित गरी छलफल राखेका थिए । तर छलफलमा विपक्षीहरुले गृहमन्त्रीको राजीनामा नआएसम्म संसद चल्न नसक्ने धारणा राखेका थिए ।
मंगलबार ११ बजे सुरु हुने भनिएको बैठक केही ढिला सुरु त भयो तर लेखकले बोल्न भने पाएनन् ।
लेखकको राजनीमाको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपालगायतका दलले संसद अबरुद्ध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि भन्दै बैठक स्थगित गरेका थिए ।
नेपाली कांग्रेस र नेकपा एमालेले बैठकमा आफ्ना धारणा राख्न उपस्थित भएका गृहमन्त्री रमेश लेखकलाई रोक्न नहुने अडान कायमै राखेका छन् ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend