मुकेशकुमार यादव
सिरहा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान र यातायात व्यवस्था कार्यालय लहानको सेटिङमा सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) खरिदबिक्री हुने गरेको पाइएको छ।
कर्मचारीहरुले बिचौलियामार्फत् मोटरसाइकलको ड्राइभिङ लाइसेन्सका लागि १५ हजार र चार चक्काको लाइसेन्स लिन ३० देखि ३५ हजारसम्म घुस दिएपछि मात्र लिखित र ट्रायलमा पास हुने गरेको पाइएको हो।
ट्राफिक प्रहरी वा यातायातका कर्मचारीलाई घुस नबुझाए जति पटक परीक्षा र ट्रायलमा सहभागी भए पनि पास नहुने तर घुसबापत रकम बुझाएपछि सजिलै लाइसेन्स हात लाग्ने सेवाग्राहीहरु बताउँछन् ।
सिरहा गोलबजारका एक युवकले लिखित पास गरेर तीन पटक मोटरसाइकलको लाइसेन्सका लागि ट्रायल दिए। तर, उनी एकपटक पनि पास हुन सकेनन् । तर, उनीसँगै गएकाहरुले १५ हजार तिरेर लिखित र ट्रायल दुवै पास गरे।
यहाँ जुनसुकै गाडीको लाइसेन्स लिन घुस रकम बिचौलियामार्फत् बुझाए सजिलै लाइसेन्स पाइने ती युवकले बताए । उनले भने, ‘म विगत १० वर्षदेखि मोटरसाइकल चलाइरहेको छु, लिखित पहिलो पटकमै पास गरें। तर, तीन पटक ट्रायल दिँंदा पनि पास हुन सकिएन । घुस नदिई लाइसेन्स लिउँ भनेको मुस्किल रहेछ ।’
‘घुस नदिई काम गराउँछु भन्ने लागेर खुरुखुरु ट्रायल दिएँ । पासै हुन सकिएन । अव त्यसै एक वर्ष पछाडि परियो ।’ उलने थपे, ‘अर्को पटक घुस दिएरै भए पनि पास गर्नुपर्ने अवस्था आयो ।’
सिरहा धनगढीमाईका रमेश यादव (परिवर्तित नाम) पाँच बर्षदेखि गागन खोलामा बालुवा ओसार्ने ट्याक्टर चलाउँछन् । तर, उनीसँग ड्राईभिङ लाइसेन्स थिएन । उनी लेखपढ समेत जान्दैनज् तर, उनले ३५ हजार रुपैयाँ तिरेर लाइसेन्स लिए।
उनले भने, ‘म ट्याक्टर चलाउन जान्दछु, लेखपढ गर्न पनि जान्दिनँ । पैसा नदिई लाइसेन्स पाइँदैन भन्ने सवै साथीले सुनाएपछि मैले पनि यातायात कार्यालय बाहिरै वबचौलीयासँग अवैध रकम बुभाएर लाइसेन्स लिएँ ।’
ट्याक्टर, म्याजिक र विङ्गर चालकमात्र हैन यहाँबाट लाइसेन्स लिने धेरैले रकम तिरेर र भनसुनको भरमा मात्र पाउने गरेको एक बिचौलियाले बताए । ती बिचौलियाले भने, ‘रकम नबुझाएसम्म लाइसेन्स नै पाइँदैन, हामीहरुलाई पनि थौरै कोटा दिएको हुन्छ। त्यही अनुसार सेटिङमा काम हुने हो ।’
यस विषयमा यातायात कार्यालय लहानका प्रमुख कुशेश्वर साहसँग फोन सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
रकम नबुझाई ट्रायल पास गराउनु हुन्न भन्ने सेवाग्राहीले गुनासो गरेको विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्वर पुरीसँग जिज्ञासा राख्दा उनले भने, ‘ट्रायल सेन्टरमा गएका हाम्रो ट्राफिक प्रहरीले रकम माँग्ने गरेको भन्ने मलाई जानकारी छैन । भएको भए मलाई जानकारी गराउनुस् तुरुन्त कारबाही गर्छु ।’
उनले ट्राफिक प्रहरीले ट्रायल हेर्ने र नतिजा दिनेमात्र हो, बाँकी काम यातायत कार्यालयले गर्नेभएकाले हाम्रो खासै भूमिका पनि हुँदैन । सिरहामा विना वबचौलीया लाइसेन्स नै बन्दैन भनी जिज्ञासा राख्दा प्रहरी निरिक्षक पुरीले केही सुनिएन भनी फोन काटे।
यातायात र ट्राफिक प्रहरीले लाइसेन्सबपत अवैध रुपमा उठाइएको रकम जिल्ला , प्रदेश र विभागसम्म समेत बुझाउने गरेको विगत लामो समयदेखि यातायात कार्यालयमा कार्यरत एक कर्मचारीले नाम उल्लेख नगर्ने शर्तमा जनाएको छ। उनले भने, ‘यातायातका केही कर्मचारी र ट्राफिक प्रहरीहरुको मिलोमतोमा बिचौलीया खडा गरेको हुन्छ, लाइसेन्सको लिखित सकिएर ट्रायल सकिने दिन नै अवैध असुली गरेको रकम बाँडफाँड गर्ने गरेको बताए।’
ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयले बिचौलिया खडा गरी खुलेआम रुपमा ड्राइभिङ लाइसेन्स बिक्रीबितरण गरिरहेको सेवाग्राहीहरु बताउँछन्। ड्राइभिङ लाइसेन्स लिन बिचौलीयासँग सेटिङ नमिले लाइसेन्स नपाइने सेवाग्राहीहरुको भनाइ छ । न्यूज कारखाना
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend