Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज १४ जनाले मन्त्री पदको सपथ लिने, साँझ ५ बजे सपथ ग्रहण (सूचीसहित)


    बुधबार, फाल्गुन २३ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्डको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।

    भर्खरै सम्पन्न माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको सचिवालय बैठकले प्रचण्ड सरकारमा सहभागी हुने निर्णय लिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।

    हिजो मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लिएर नेपाल निवास पुगेका थिए । एमाले र माओवादीका शीर्षनेताले नयाँ गठबन्धनमा सहभागी हुनका लागि अध्यक्ष नेपाललाई आग्रह गरेका थिए तर अध्यक्ष नेपालले पार्टीमा छलफल गरेर निर्णयमा पुग्ने भन्दै कुनै निर्णय दिएका थिएनन् ।

    तर, आज प्रधानमन्त्री प्रचण्डलाई  भेटन वालुवाटार पुगेका सम्मानित नेता झलनाथ खनाले भने प्रचण्ड सरकारमा जान पार्टी सकारात्मक रहेको जनाउँदै पार्टीमा निर्णय गराउने बचन दिएका थिए ।

    सोही कारण पनि नेकपा एसले प्रचण्ड सरकारमा जाने निर्णय लिएको हो ।

    प्रधानमन्त्रीः पुष्पकमल दाहाल प्रचण्ड

    नेकपा एमालेका मन्त्रीहरूः

    रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार

    पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला

    हरि उप्रेती, रक्षा

    भगवति चौधरी, महिला बालबालिका

    राजेन्द्र राई, खानेपानी

    दामोदर भण्डारी, उद्योग

    ज्वालाकुमारी साह, कृषि तथा सहकारी

    बलराम अधिकारी, भूमि व्यवस्था

    माओवादीका मन्त्रीहरू

    नरायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र

    वर्षमान पुन, अर्थ

    शक्ति बस्नेत, उर्जा

    रेखा शर्मा, सुचना तथा सञ्चार 

    हितबहादुर तामाङ,  संस्कृति तथा पर्यटन

    रास्वपाका मन्त्रीहरू

    रवि लामिछाने, उपप्रधान तथा गृह

    डीपी अर्याल, श्रम तथा राेजगार

    विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद

    सुमना श्रेष्ठ, शिक्षा तथा बिज्ञान

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार