काठमाडौं । दाङमा नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थी नेता विजयी भएका छन् । गढवा बहुमुखी क्याम्पसमा समाजवादी निकट अनेरास्ववियुका इबराज यादव सभापतिमा निर्वाचित भएका हुन् ।
यादवले ६३ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गोविन्द यादवले ४१ मत ल्याए । सभापति पदमै अखिल क्रान्तिकारी वैद्यनिकटका विशाल यादवले चार मत प्राप्त गरेका छन् । कुल १७९ मतदाता रहेको क्याम्पसमा जम्मा ११३ मत खसेको थियो ।
स्ववियु निर्वाचनमा उक्त क्याम्पसमा एकीकृत समाजवादीनिकट अनेरास्ववियु र वैद्यनिकट अखिल क्रान्तिकारीले एक्ला–एक्लै मनोनयन दर्ता गराएका थिए भने अखिल क्रान्तिकारीले गठबन्धन गरेको थियो । सचिवमा एकीकृत समाववादी निकट अनेरास्ववियुकी पुष्पा खड्का ७० मत प्राप्त गर्दै निर्वाचित भएकी छन् ।
अखिल छैठौंकी पुष्पा धितालले ३८ मत पाइन् । कोषाध्यक्षमा वैद्यनिकट अखिल क्रान्तिकारीका ओमप्रकाश यादव ७९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
काठमाडौँ। सप्तकोशी नदीमा यात्रु बोकेको मोटरबोट पल्टिँदा पाँच वर्षीया बालिकासहित तीन जनाको मृत्यु भएको छ। आइतबार दिउँसो दुई बजेतिर भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको...
काठमाडौं । विवादित अडियो काण्डमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले पार्टीको अनुशासन आयोगसमक्ष लिखित इन्कारी पत्र बुझाएका छन्। एक महिलासँगको विवादित...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३–८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend