Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बजेट यथास्थितिमा पारित हुन नदिने नेकपा एसको निर्णय


    बिहिबार, असार ७ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो ।

    बैठकले यसबारे गठबन्धनमा छलफल गर्ने साथै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि जानकारी गराउने निर्णय समेत गरेको छ ।

    उपाध्यक्ष एवं संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले भने, ‘बैठकमा साथीहरूले अर्थमन्त्री र प्रधानमन्त्रीसँग पनि कुरा राख्नुस् गठबन्धनमा पनि कुरा गर्नुस् भन्नुभएको छ । दुई दिनअघि प्रधानमन्त्रीलाई भेटेर भनेको छु । परिवर्तन गरेर असन्तुलित बजेटलाई सन्तुलित बनाएरमात्र मात्र बजेट पास गर्नुपर्छ ।’

    उनले शेयर मार्केट, घरजग्गाको कारोबारलगायतको विषयमा दैनिक संशोधन भइरहेकोले परिवर्तन हुनै नसक्ने भन्ने नरहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार