काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन हमाल र अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि कुटपिट भएको बिषयमा एकतर्फी प्रचार भएको दाबी प्रहरीले गरेको छ । बिहीबार विमानस्थल अध्यागमन कार्यालयका अधिकृत मोक्तान र कार्यालय प्रमुख हमालमाथि हातपात भएको समाचार भाइरल भएको छ । तर प्रहरीले वास्तविकता मिडियामा आएको भन्दा फरक भएको दाबी गरेको छ ।
विमानस्थलका एक जुनियर प्रहरी अधिकारीका अनुसार अध्यागमन अधिकृत छायाँलाल मोक्तानसहित ४ जना कर्मचारीहरु १२.५ मा एयरपोर्टमा प्रवेश गरे । ड्य्ुटीमा रहेका प्रहरी जवानले मेटल डिक्टेटरले चेक गर्न खोजे । विमानस्थलको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रहरीका अधिकृतदेखि कर्मचारी सबैलाई चेक गरेर मात्र जाने आउने ब्यवस्था गरिएको छ । तर अध्यागमनका कर्मचारीहरुले चेक नगरी अटेर गरेपछि प्रहरी जवान चेक गर्नुपर्ने भनेर उनीहरुका पछि पछि मेटल डिक्टेटर लिएर गए । तर पनि अध्यागमनका कर्मचारीहरुले मानेनन् । हामीलाई किन चेक गर्ने भन्दै विवाद गरेपछि असई संजय तामाङले सम्झाउन खोजे ।
अध्यागमनका कर्मचारीहरुले सम्झाउने असई तामाङ र सिपाहीलाई धकेलेर गए । प्रहरीको संख्या कम भएकाले उनीह चेक नगरी गए । यो बिषयमा विवाद भएपछि अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाल र सीसीटीभी हेर्ने सई बसेर कसको त्रुटि छ भनेर हेरे ।
सीसीटीभी हेर्दाहेर्दै कार्यालय प्रमुख हमालले सई प्रकाश चौधरीलाई लात्तीले प्रहार गरे । अध्यागमनका कर्मचारी धेरै थिए । हमालले आक्रमण गर्दा प्रहरी कम थिए भने कर्मचारी थुप्रै थिए । हमालको आक्रमणबाट लडेका सई चौधरीलाई जवानहरुले उठाए । अध्यागमनका प्रमुखमाथि असईले आक्रमण गर्ने कुरा कल्पना पनि गर्न नसकिने भए पनि मिडियामा कर्मचारीले उल्टो सूचना दिएर पानीमाथिको ओभानो बन्न खोजेको दुखेसो प्रहरीको छ ।
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend