Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यागमन कुटपिट प्रकरणः हमालले नै प्रहरीमाथि लात्ती प्रहार गरेको आरोप


    शुक्रबार, माघ १२ २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन हमाल र अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि कुटपिट भएको बिषयमा एकतर्फी प्रचार भएको दाबी प्रहरीले गरेको छ । बिहीबार विमानस्थल अध्यागमन कार्यालयका अधिकृत मोक्तान र कार्यालय प्रमुख हमालमाथि हातपात भएको समाचार भाइरल भएको छ । तर प्रहरीले वास्तविकता मिडियामा आएको भन्दा फरक भएको दाबी गरेको छ ।

    विमानस्थलका एक जुनियर प्रहरी अधिकारीका अनुसार अध्यागमन अधिकृत छायाँलाल मोक्तानसहित ४ जना कर्मचारीहरु १२.५ मा एयरपोर्टमा प्रवेश गरे । ड्य्ुटीमा रहेका प्रहरी जवानले मेटल डिक्टेटरले चेक गर्न खोजे । विमानस्थलको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी प्रहरीका अधिकृतदेखि कर्मचारी सबैलाई चेक गरेर मात्र जाने आउने ब्यवस्था गरिएको छ । तर अध्यागमनका कर्मचारीहरुले चेक नगरी अटेर गरेपछि प्रहरी जवान चेक गर्नुपर्ने भनेर उनीहरुका पछि पछि मेटल डिक्टेटर लिएर गए । तर पनि अध्यागमनका कर्मचारीहरुले मानेनन् । हामीलाई किन चेक गर्ने भन्दै विवाद गरेपछि असई संजय तामाङले सम्झाउन खोजे ।

    अध्यागमनका कर्मचारीहरुले सम्झाउने असई तामाङ र सिपाहीलाई धकेलेर गए । प्रहरीको संख्या कम भएकाले उनीह चेक नगरी गए ।  यो बिषयमा विवाद भएपछि अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमाल र सीसीटीभी हेर्ने सई बसेर कसको त्रुटि छ भनेर हेरे ।

    सीसीटीभी हेर्दाहेर्दै कार्यालय प्रमुख हमालले सई प्रकाश चौधरीलाई लात्तीले प्रहार गरे । अध्यागमनका कर्मचारी धेरै थिए । हमालले आक्रमण गर्दा प्रहरी कम थिए भने कर्मचारी थुप्रै थिए । हमालको आक्रमणबाट लडेका सई चौधरीलाई जवानहरुले उठाए । अध्यागमनका प्रमुखमाथि असईले आक्रमण गर्ने कुरा कल्पना पनि गर्न नसकिने भए पनि मिडियामा कर्मचारीले उल्टो सूचना दिएर पानीमाथिको ओभानो बन्न खोजेको दुखेसो प्रहरीको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार