Nepal Face
  • बिहिबार, २९ असोज २०८३
  • व्यवसायी कैलाश खड्का पक्राउ


    बिहिबार, असोज २९ २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक कैलाश खड्कालाई आज पक्राउ गरेको हो।

    प्रधानमन्त्रीको निर्देशनपछि सीआईबीले खड्कासहित अन्य मेडिकल व्यवसायीमाथि समेत अनुसन्धान अघि बढाएको स्रोतको भनाई छ।

    मलेसियामा रोजगारीमा जाने कामदारहरूलाई आर्थिक भार पर्ने गरी रकम लिएर सिण्डीकेट चलाएको आरोपमा ब्युरोले उनीमाथि अनुसन्धान गरिरहेको थियो ।

    नेपाल स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष रहेका खड्काबारे विस्तृत विवरण केही समयपछि जानकारी गराउने सिआईबीले जनाएको छ। खड्का यस अगाडि वैदेशिक रोजगार बोर्डका सदस्य थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार