काठमाडौं। काठमाडौं महानगरपालिकाले नियम नमान्ने महानगर क्षेत्रका दुई वटा औषधि पसलमा सिलबन्दी गरेको छ । बुधबार अनुगमनका क्रममा महानगरपालिकाको पूर्वसूचना बमोजिम नगरिएको र दर्तासमेत नरहेको पाइएपछि महानगरपालिकाले दुई वटा औषधि पसलको सटक सधैँका लागि बन्द गरिदिएको हो ।
वडा नं. १७ ठमेलमा रहेको हिमालय स्टोर र वडा नं. ३ महाराजगञ्जमा रहेको माइबेनी मेडिकल हलमा महानगरपालिकाले सिलबन्दी गरेको हो ।
महानगरको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले कानुनबमोजिम दर्ता नभएका, एउटा प्रयोजनमा दर्ता भएर अर्को काम गरिरहेको, अनधिकृत औषधि बेचेको, पसलमा म्याद सकिएको औषधि पाइएकाले सिलबन्दी गरिएको बताए ।
उनका अनुसार अर्को एउटा पसललाई भने सुधारका लागि १५ दिनको म्याद दिइएको छ । वडा नं. १ मा रहेको कृषि आयुर्वेदिक फार्मेसीलाई सुधारकलागि १५ दिनको समय दिइएको छ ।
काठमाडौं। बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्थापन तीव्र बनाएको छ। मन्त्रालयले मंगलबार नुवाकोटका...
काठमाडौँ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत...
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य...
काठमाडौं । विपदबाट प्रभावित नागरिकको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भदौ १० गतेदेखि नै प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, औषधि,...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend