काठमाडौं । काठमाडौं महानगरपालिकाले गएको माघ १४ गतेदेखि सुन्धारास्थित निर्माणाधीन धरहराको जमिनमुनिको तला (बेसमेन्ट) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । तर त्यो निर्णय गरेको डेढ महिनामै घुमाउरो ढंगबाट सुन्धारास्थित बेसमेन्टको पार्किङको ठेक्का दिने तयारीमा महानगरका कार्यवाहक मेयर सुनिता डंगोल लागेकी छन् ।
न्यूरोड, खिचापोखरी आसपासका ब्यापारीहरुले बिहानदेखि बेलुकासम्म पार्किङ गर्ने भएकाले त्यसको नियन्त्रण र ब्यवस्थापन गर्ने बहानामा पार्किङ ठेक्का दिने चलखेल महानगरमा भइरहेको छ । पार्किङको नियन्त्रण वा ब्यवस्थापनको जिम्मा महानगर प्रहरीको हो । तर महानगर प्रहरीले गर्न नसकेको बहाना बनाएर शैलेशराज कुँवरको ह्वील्स कम्पनीलाई सुन्धाराको पार्किङको ठेक्का दिन लागिएको स्रोत बताउँछ ।
कार्यवाहक मेयर डंगोललाई समेत प्रभावमा पारी कुँवरको ह्वील्स कम्पनीलाई सुन्धाराको पार्किङ ठेक्का दिन लागिएको छ, महानगरकै एक कर्मचारीले भने । बालेन्द्र साह मेयर हुनुअघिसम्म न्यूरोड क्षेत्रको सम्पूर्ण पार्किङ ठेक्का कुँवरको ह्वील्स कम्पनीले नै कब्जा गरेको थियो । पछि महानगरले न्यूरोड एरियामा पार्किङ नै हटाएपछि उनको धन्दा बन्द भएको थियो ।
सुनिता र ठेकेदार कुँवरबीच मध्यस्थकर्ताको भूमिका भने अभियन्ताको काम गर्ने गणपतिलाल श्रेष्ठले गरेको स्रोत बताउँछ । गणपतिलाल जेनजी बिद्रोहपछि गठन भएको नागरिक सरकारमा झन्डै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए । भूमिब्यवस्था मन्त्री बनाए पनि उनले अस्वीकार गरेका थिए ।
कुँवर र गणपतिलाल श्रेष्ठबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहिआएको छ । कार्यवाहक मेयर डंगोल र गणपतिलालबीच् तिहारमा टीका लगाउने दिदीभाइको सम्बन्ध रहिआएको छ । शैलेशराज कुँवर गुठी संस्थानका प्रशासक (सदस्य सचिव) हुन् । गणपतिलालकी पत्नी गुठी संस्थानमै स्वकीय अधिकृतमा जागिरे छिन् ।
कुँवर नागरिक उन्मुक्ति पार्टीकी नेतृ रन्जिता श्रेष्ठ भूमिब्यवस्था मन्त्री हुँदा भूसदस्य सचिव नियुक्त भएका थिए । तत्कालीन मन्त्री श्रेष्ठलाई मोटो रकम बुझाएर उनी सदस्य सचिव नियुक्ति भएको आरोप लाग्दैआएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend