काठमाडौं । काठमाडौं महानगरपालिकाले गएको माघ १४ गतेदेखि सुन्धारास्थित निर्माणाधीन धरहराको जमिनमुनिको तला (बेसमेन्ट) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराउने निर्णय गरेको थियो । तर त्यो निर्णय गरेको डेढ महिनामै घुमाउरो ढंगबाट सुन्धारास्थित बेसमेन्टको पार्किङको ठेक्का दिने तयारीमा महानगरका कार्यवाहक मेयर सुनिता डंगोल लागेकी छन् ।
न्यूरोड, खिचापोखरी आसपासका ब्यापारीहरुले बिहानदेखि बेलुकासम्म पार्किङ गर्ने भएकाले त्यसको नियन्त्रण र ब्यवस्थापन गर्ने बहानामा पार्किङ ठेक्का दिने चलखेल महानगरमा भइरहेको छ । पार्किङको नियन्त्रण वा ब्यवस्थापनको जिम्मा महानगर प्रहरीको हो । तर महानगर प्रहरीले गर्न नसकेको बहाना बनाएर शैलेशराज कुँवरको ह्वील्स कम्पनीलाई सुन्धाराको पार्किङको ठेक्का दिन लागिएको स्रोत बताउँछ ।
कार्यवाहक मेयर डंगोललाई समेत प्रभावमा पारी कुँवरको ह्वील्स कम्पनीलाई सुन्धाराको पार्किङ ठेक्का दिन लागिएको छ, महानगरकै एक कर्मचारीले भने । बालेन्द्र साह मेयर हुनुअघिसम्म न्यूरोड क्षेत्रको सम्पूर्ण पार्किङ ठेक्का कुँवरको ह्वील्स कम्पनीले नै कब्जा गरेको थियो । पछि महानगरले न्यूरोड एरियामा पार्किङ नै हटाएपछि उनको धन्दा बन्द भएको थियो ।
सुनिता र ठेकेदार कुँवरबीच मध्यस्थकर्ताको भूमिका भने अभियन्ताको काम गर्ने गणपतिलाल श्रेष्ठले गरेको स्रोत बताउँछ । गणपतिलाल जेनजी बिद्रोहपछि गठन भएको नागरिक सरकारमा झन्डै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भएका थिए । भूमिब्यवस्था मन्त्री बनाए पनि उनले अस्वीकार गरेका थिए ।
कुँवर र गणपतिलाल श्रेष्ठबीच विगतदेखि नै सुमधुर सम्बन्ध रहिआएको छ । कार्यवाहक मेयर डंगोल र गणपतिलालबीच् तिहारमा टीका लगाउने दिदीभाइको सम्बन्ध रहिआएको छ । शैलेशराज कुँवर गुठी संस्थानका प्रशासक (सदस्य सचिव) हुन् । गणपतिलालकी पत्नी गुठी संस्थानमै स्वकीय अधिकृतमा जागिरे छिन् ।
कुँवर नागरिक उन्मुक्ति पार्टीकी नेतृ रन्जिता श्रेष्ठ भूमिब्यवस्था मन्त्री हुँदा भूसदस्य सचिव नियुक्त भएका थिए । तत्कालीन मन्त्री श्रेष्ठलाई मोटो रकम बुझाएर उनी सदस्य सचिव नियुक्ति भएको आरोप लाग्दैआएको छ ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend