काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यबाहक मेयर सुनिता डंगोलले उपलब्धीमूलक काम गर्न नसकेपछि आलोचना बढेको छ । कार्यवाहक मेयर डंगोलले माघ ५ बाट कार्यभार सम्हालेकी थिइन् ।
सुनिताले कार्यभार सम्हालेको पर्सि चैत ५ गते दुई महिना पुग्छ । केही उपलब्धी देखिन सकेको छैन । महानगरअन्तर्गत शहरी योजना आयोगको उपाध्यक्ष पद रिक्त छ । नियुक्ति गर्न सकेकी छैनन् । शहरी योजना आयोग कामपाको लाइफलाइन हो । त्यहीँबाट महत्वपूर्ण योजना कार्यान्वयन हुन्छ । करिब एक महिनामा पनि उपाध्यक्ष नियक्ति गर्न नसक्नु काबा मेयर डंगोलको कमजोरीका रुपमा लिइएको छ ।
कामपाको नक्सा विभाग खाली छ । डंगोलले विभागीय प्रमुख नियुक्ति गर्न सकेकी छैनन् । आधा दर्जन बिभाग निमित्तको भरमा चलेको छ । कर्मचारीले खासै काम गर्न सकेका छैनन् । अहिले त कुनै पनि काम हुनसकेको छैन । कार्यालय आउनुहुन्छ, यसो कुराकानी गरेजस्तो गर्नुहुन्छ । अनि कार्यक्रममा टाप कसिहाल्नुहुन्छ, कर्मचारीको भनाइ थियो ।
कार्यबाहक मेयर डंगोलको सचिवालयमा बसन्त अचार्य प्रमुख हुनुहुन्छ । सन्तु श्रेष्ठ दोस्रो वरियतामा हुनुहुन्छ । कार्यबाहक मेयर डंगोल भने छैटौं तहका कर्मचारी सौरभ गौतमको कुरा सुनेर काम गर्ने गर्नुभएको थियो । वरिष्ठ कर्मचारी नियुक्ति गरेपछि गौतमको हालिमुहाली घटिसकेको थियो । हिजोआज फेरि गौतमको हैकम बढेको कर्मचारीको भनाइ छ ।
सिनियर कर्मचारीको कुरा सुन्न छाडेर काबा मेयर डंगोलले जुनियर गौतमको कुरा सुन्ने गरेका छन् । ‘सौरभको काम अहिले विभिन्न विभागीय प्रमुखको कार्यकक्षमा पुगेर के काम गरिरहेका छन् हेर्ने अनि काबा प्रमुख डंगोललाई कुरा लगाउने भएको छ । काबा मेयर डंगोलले आफ्नै सचिवालय प्रमुखको कुरा सुन्न छाड्नुभएको छ । गौतमबाहेक उहाँलाई कुनै कर्मचारी नचाहिनेजस्तो भएको छ । कर्मचारीको आरोप छ ।
काबा मेयर डंगोलले काम गर्न नसक्नु आफ्नै कमजोरी हो । कर्मचारीले काम गरे वा नगरेको विषय अनुगमन ठप्प छ । कर्मचारी व्यवस्थापन गर्न प्रवक्ता नवीन मानन्धर लगायत टीमले दिएको सल्लाह उनले सुनेकी छैनन् । खै उपमेयरज्यू काबा मेयर भएपछि धेरै सुधार हुने अपेक्षा राखेका थियौं । भएन । हामी त दिक्क भएका छौं–कर्मचारीको गुनासो थियो । लामो समयदेखि सरुवा गर्नुपर्ने विभागीय प्रमुखको लिष्ट डंगोलसँगै छ । तर के सोच्नुभएको छ, कुनै निर्णय नै दिनुहुन्न ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend