काठमाडौँ। भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण आज पूरा हुने भएको छ। शनिबार पाकिस्तान र इङ्ल्याण्डबीच हुने खेलसँगै सेमिफाइनल समीकरण पूरा हुने भएको हो।
अंक तालिकामा पाकिस्तान आठ खेलबाट ८ अंकसहित पाँचौ स्थानमा छ। आज फराकिलो अन्तरसहित इङ्ल्याण्डलाई पराजित गर्न सके उसले चौथो स्थानको न्यूजिल्याण्डलाई नेटरनरेटका आधारमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाउनेछ। तर पाकिस्तानको सामान्य जित वा हारले न्यूजिल्याण्डकै सेमिफाइनल स्थान पक्का हुनेछ।
इङ्ल्याण्ड र पाकिस्तानबीचको खेल दिउँसो सवा २ बजे कोलकाताको इडेन गार्डेन मैदानमा शुरु हुनेछ। आजै बिहान पौने ११ बजे हुने खेलमा अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने बंगलादेश सेमिफाइनल रेसबाट बाहिरिएको छ।
यसअघि गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकासँग पराजित हुँदै अफगानिस्तान सेमिफाइनलको रेसबाट बाहिरिएको छ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend