काठमाडौँ। भारतमा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनल समीकरण आज पूरा हुने भएको छ। शनिबार पाकिस्तान र इङ्ल्याण्डबीच हुने खेलसँगै सेमिफाइनल समीकरण पूरा हुने भएको हो।
अंक तालिकामा पाकिस्तान आठ खेलबाट ८ अंकसहित पाँचौ स्थानमा छ। आज फराकिलो अन्तरसहित इङ्ल्याण्डलाई पराजित गर्न सके उसले चौथो स्थानको न्यूजिल्याण्डलाई नेटरनरेटका आधारमा पछि पार्दै सेमिफाइनलमा स्थान बनाउनेछ। तर पाकिस्तानको सामान्य जित वा हारले न्यूजिल्याण्डकै सेमिफाइनल स्थान पक्का हुनेछ।
इङ्ल्याण्ड र पाकिस्तानबीचको खेल दिउँसो सवा २ बजे कोलकाताको इडेन गार्डेन मैदानमा शुरु हुनेछ। आजै बिहान पौने ११ बजे हुने खेलमा अष्ट्रेलिया र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । अस्ट्रेलिया सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने बंगलादेश सेमिफाइनल रेसबाट बाहिरिएको छ।
यसअघि गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकासँग पराजित हुँदै अफगानिस्तान सेमिफाइनलको रेसबाट बाहिरिएको छ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend