काठमाडौं। अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ। अस्ट्रेलियाले आइतबार खेलिएको फाइनलमा आयोजक राष्ट्र भारतलाई ६ विकेटले हराउँदै उपाधि जितेको हो ।
अस्ट्रेलियाले छैठाैंपटक एक दिवसीय विश्वकप जितेको हो ।
अन्य कुनैपनि टोलीले दुईपटक भन्दा बढी यो प्रतियोगिता जित्न सकेका छैनन् । भारतले दिएको २४१ रनको लक्ष्य अस्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
अस्ट्रेलियाका लागि प्रारम्भिक ब्याट्सम्यान ट्राभिस हेडले १३७ रन बनाए । मार्कस लाबुसचाग्नीले पनि अविजित ५८ रन जोडे। यी दुईबीच १९५ रनको साझेदारी भयो ।
त्यसअघि अष्ट्रेलिया ४७ रनमा तीन विकेट गुमाएर दबाबमा आएको थियो । डेभिड वार्नर ७, स्टिभन स्मिथ ४ र मिचेल मार्स १५ रन बनाएर आउट भए । भारतका जसप्रित बुमराहले २ र मोहम्मद सामीले एक विकेट लिएका छन् । भारत तेस्रोपटक र अस्ट्रेलिया छैटौँपटक विश्वकप जित्ने प्रयाशमा रहेको छ ।
अस्ट्रेलियाले टस जितेर पहिला भारतलाई ब्याटिङ गर्ने जिम्मा दिएको थियो । भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन जोड्यो ।
भारतका लागि केएल राहुलले ६६ र विराट कोहलीले ५४ रन बनाएका थिए । हरेक चार वर्षमा आयोजना हुने एकदिवशीय विश्वकप अस्ट्रेलियाले यसअघि सन् १९८७, १९९९, २००३, २००७ र २०१५ मा जितेको थियो ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend