Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विश्वकप क्रिकेटमा भारतविरुद्द टस जितेर अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै


    आइतबार, असोज २१ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको आजको खेलमा अस्ट्रेलियाले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

    आइतबार अस्ट्रेलियाले घरेलु टोली भारतको सामना गर्दैछ । उक्त खेल चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा खेलिने छ ।

    भारत र अस्ट्रेलियाबीचको खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे सुरु हुनेछ ।

    यी दुबै एकदिवसीय विश्वकपका पूर्वविजेता राष्ट्र हुन् । अस्ट्रेलियाले हालसम्म सर्वाधिक पाँच पटक विश्वकप जितेको छ । भारतले भने दुई पटक विश्वकप जितेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार