काठमाडौँ। रुपन्देही प्रहरीले ‘लुम्बिनी बचाउ महाअभियान’का संयोजक अक्राम खाँसहित दुई जनालाई पक्राउ गरेको छ।
गएराति उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
‘सार्वजनिक शान्तिमा खलल् पुर्याएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो,’ प्रहरी निरीक्षक चन्द्रकिशोर शाहले भने, ‘जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनीहरूमाथि थप अनुसन्धान हुँदैछ।’
संयोजक खाँले लुम्बिनी विकास कोषको उपाध्यक्षमा गायिका आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएका थिए।
प्रहरीले मध्यराति घरमा सुतिरहेको अवस्थामा अभियानका संयोजक खाँ र वाजिउद्दिन मुसलमानलाई पक्राउ गरेको अभियानका सहसंयोजक रामविकास चौधरीले जानकारी दिए।
कोषमा आनीको नियुक्ति भएदेखि नै महाअभियानले विरोध गर्दै चरणवद्ध आन्दोलन गरिरहेको छ।
महाअभियानले संयोजकमाथि गरिएको धरपकडको विरोध गर्दै निःशर्त रिहाइको माग गरेको छ।
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
काठमाडौं। नेपालले ‘गाभी, द भ्याक्सिन एलायन्स’बाट राष्ट्रिय नियमित खोप कार्यक्रमका लागि सन् २०३० सम्म ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार रुपैयाँ बराबरको...
चितवन । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४, धारापानीमा ट्रक, बस र माइक्रोबस एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन् । दुर्घटनामा सर्लाहीबाट काठमाडौं आउँदै...
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनको सभाकक्षमा सोमबार सहकारी पीडितहरूले आफ्ना पीडा सुनाइरहेका थिए । यसका लागि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend