काठमाडौं । उद्योग मन्त्री रमेशप्रसाद रिजालले पदभार सम्हालेको ७ महिनापछि पहिलोपटक आफैं अध्यक्ष रहेको औद्योगिक प्रबर्द्धन बोर्डको बैठक गएको भदौ ८ गते राखेका छन् ।
लामो समय बोर्डको बैठक बस्न नसक्दा दर्जनौं एजेन्डाको निर्णयको पर्खाइमा थिए । तर मन्त्री रिजालका निजी सचिव मातृका आचार्य, विभागका महानिर्देशक बाबुराम गौतम, निर्देशक मनोज रेग्मी र हरि पँगेनीले सेटिङका प्रस्तावमात्रै अगाडि बढाएका थिए ।
मन्त्री रिजाललाई उनीहरुले प्रस्ताव गरेका एजेन्डामात्रै कन्भिन्स गराइएको थियो । केही समयअघि मात्रै प्रविधि शाखाको निर्देशक भएका प्रशान्त बोहरालाई समेत एजेन्डाका बारेमा अन्तिममा मात्रै जानकारी दिइएको थियो । १२ वटा क्रसर उद्योगको नवीकरण सम्बन्धी प्रस्ताव, चिनी मिलको मोलासिसबाट बन्ने स्पिरिटबाट मदिरा उद्योग संचालनको अनुमति दिनेजस्ता एजेन्डा घुमाउरो ढंगले महानिर्देशक गौतमले पास गराउन सफल भएका छन् ।
राष्ट्रबैंकको गभर्नरदेखि उद्योग, अर्थ मन्त्रालयसहितका ६ सचिवको उपस्थिति रहने उक्त बोर्ड बैठकमा बन्द भएको मदिरा उद्योगको लाइसेन्स घुमाउरो ढंगबाट दिइएको छ । यसरी घुमाउरो ढंगबाट अनुमति दिंदा ठूलो आर्थिक चलखेल भएको आशंका गरिएको छ ।
बोर्ड आफैंले मदिराको लाइसेन्स बन्द गरेको छ । तर भदौ ८ को बोर्ड बैठकले चिनी मिलबाट निस्कने मोलासिसबाट बन्ने स्पिरिटबाट मदिरा उत्पादन गर्ने अनुमति दिएको छ । मोलासिसबाट निस्कने स्पिरिटबाट मदिरा उत्पादन गर्न घुमाउरो बाटोबाट अनुमति दिने निर्णय बोर्डले गरेको छ । त्यसमा मन्त्री रिजालका निजी सचिव मातृका आचार्यले उद्योग विभागका महानिर्देशक गौतममार्फत् ठूलै आर्थिक चलखेल गरेको आरोप छ । आफूलाई चतुर सचिवका रुपमा चिनाउँदै आएका मुकुन्द निरौलालाई समेत उक्त कम्पनीका प्रतिनिधिहरुले बोर्ड बैठक अघि भेटेर सेटिङ मिलाइसकेपछि घुमाउरो बाटोबाट मदिराको लाइसेन्स दिने निर्णय गरिएको स्रोतको दाबी छ ।
विगतमा प्रतिनिधिसभाको उद्योग समिति, अर्थ समिति र मन्त्रिपरिषदले समेत स्थगित मदिराको लाइसेन्स खुलाउने उद्योग मन्त्रालयको तयारीप्रति आपत्ति जनाएका थिए । त्यहीकारण पूर्वउद्योगमन्त्रीहरु महेश बस्नेत, सोमप्रसाद पाण्डे, नवीन्द्रराज जोशी, मात्रिकाप्रसाद यादव, लेखराज भट्ट र दिलेन्द्रप्रसाद बडुले समेत स्थगित मदिराको लाइसेन्स खुलाउन प्रयास गरे पनि सफल हुन सकेका थिएनन् । तर वर्तमान मन्त्री रिजालले घुमाउरो बाटोबाट मदिराको लाइसेन्स खुलाएर विगतमा संसदीय समितिहरुले निर्देशनलाई समेत अवज्ञा गर्ने काम गरेका छन् । औद्योगिक प्रबद्र्धन बोर्डको सोही बैठकमा मदिराको लाइसेन्स सम्बन्धी मापदण्ड छलफलका लागि महानिर्देशक गौतमले पेश गरेका थिए ।
घुमाउरो ढंगले लाइसेन्स दिने एजेन्डाको अन्त्यमा मदिराको मापदण्ड सम्बन्धी प्रतिवेदन पेश हुनुलाई पनि आश्चर्यका रुपमा हेरिएको छ । उद्योग मन्त्रालयको औद्योगिक प्रबर्द्धन महाशाखाको प्रमुख रहँदा तत्कालीन मन्त्री बडुले गौतमको संयोजकत्वमा मदिराको लाइसेन्स सम्बन्धी मापदण्ड बनाउन कार्यदल बनाएका थिए ।
बडुले बोर्ड बैठकबाटै बनाएको उक्त कार्यदललाई कस्ता कस्ता प्रकृतिका निवेदकलाई लाइसेन्स दिने सो सम्बन्धमा पनि प्रतिवेदनमा समावेश गर्न कार्यादेश दिएका थिए । जबकि बोर्डको कार्यक्षेत्रमा रहेको उक्त अधिकार कार्यदललाई दिएको बिषयप्रति बोर्डका सदस्यहरु नै सन्तुष्ट थिएनन् । उनै गौतम अहिले विभागको महानिर्देशक भएपछि बसेको पहिलो बैठकमा आफूले तयार गरेको प्रतिवेदन पेश गरेका हुन् । र, त्यही आफैले तयार गरेको प्रतिवेदन अनुसार मोलासिसबाट बन्ने स्पिरिटबाट मदिरा उत्पादन गर्ने अनुमति दिएका छन् ।
बालकोटका विश्वासपात्र, दुगडका प्रिय
केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ठूला करदाता कार्यालयको प्रमुख रहेका बाबुराम गौतम अर्थमन्त्रालयबाट उद्योग मन्त्रालयमा सरुवा भएपछि कांग्रेस नेतृ पुष्पा भूसालको शरणमा पुगे । भूसालले मन्त्री रमेश रिजाललाई भेट गराएर वाम समर्थक भए पनि उद्योग विभागको डीजी बन्ने वातावरण बनाइदिएकी थिइन् । कांग्रेसका समर्थक यज्ञ कोइरालालाई डीजी बनाउने तयारी भए पनि भुसालको हस्तक्षेपले बालकोटका प्रिय गौतमले बाजी मारेका थिए । उनले विभागमा गएपछि ट्रेडमार्कका उजुरीको सेटिङ गर्ने जिम्मा पनि एमाले अध्यक्ष केपी ओलीकै निकट ब्यापारी मोतिलाल दुगडलाई दिएका छन् । दुगडकै बिरुद्ध ट्रेडमार्कमा गडबडी गरेका थुप्रै उजुरी विभागमा छन् । उनका बिरुद्ध परेका उजुरीमा गौतमले उनको पक्षमा आदेश दिने ग्यारेन्टी गरिसकेका छन् । अरु ट्रेडमार्कका उजुरीमा पनि दुगडलाई नै बिचौलिया बनाइएको छ । राजस्व समूहमा कार्यरत रहँदै उनको दुगडसँग हिमचिम थियो ।
काठमाडौं । रसुवा-भोटेकोशी क्षेत्रमा गएको बाढीका कारण तोकिएको समयमा सम्पत्ति विवरण पेश गर्न नसकेका राष्ट्रसेवक कर्मचारीलाई सम्पत्ति विवरण पेश गर्न थप ३० दिनको म्याद...
काठमाडौं । सागरनाथ वन विकास परियोजना व्यवस्थापनमा रहेको जग्गामा उत्खनन् भएको वन पैदावारको (नदीजन्य पदार्थ) रोयल्टी असुल नगरी भ्रष्टाचार गरेको विशाल घिमिरेसमेत भएको राजश्व...
सुयोग शर्मा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बिपद ब्यवस्थापन सम्बन्धी बृहत् छलफल संवाद कार्यक्रम मिनी कुम्भमेला आयोजना गरिएको थियो । जसमा पूर्व महानिर्देशक, सचिव, पूर्व...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सचिव डा. विकास देवकोटाको आडमा मन्त्रालयमा बर्षौदेखि रजगज गर्दैआएका, सेटिङ र डिलिङमा संलग्न कर्मचारीहरुलाई सरुवा...
काठमाडौ । आकर्षक मानिने उपत्यकाका नापी कार्यालयमा थमौती हुन र सरुवा हुन दुई प्रमुख नापी अधिकृत (उपसचिव)ले अस्वभाविक चलखेल गरेको पाइएको छ । उपत्यकाका नापी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend