काठमाडौं । कर्मचारी सरुवा भएपछि खटिएको कार्यालयमा जानका लागि बरबुझारथपछि रमाना लिने कानुनी प्रावधान छ । तर, उपसचिव मनोज रेग्मीलाई भने उक्त कानुनी ब्यवस्था लागू हुन सकेको छैन ।
रेग्मीको सरुवा उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागबाट मन्त्रालयमा गरेको ३ महिना नाघिसकेको छ । उनको सरुवा उद्योग मन्त्रालयले बाणिज्य विभाग अन्तर्गत गरेको थियो । उनी बाणिज्यबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएको महिना दिन नाघिसकेको छ ।
उपसचिव रेग्मीले उद्योग विभाग छाड्दा रमाना लिए पनि बरबु्झारथ भने बाँकी नै रहेको देखिएको छ । रमानापत्रमा हस्ताक्षर गर्नुपूर्व कर्मचारीले लेखा र स्टोरबाट क्लीयरेन्स लिनुपर्ने प्रावधान छ । तर स्टोर शाखाले सामान नै नबुझी क्लीयरेन्स दिएको र सोही आधारमा रमानापत्रमा विभागको नेतृत्वले हस्ताक्षर गरेको बताइन्छ । रेग्मीले विभागमा हुँदा प्रयोग गरेको सरकारी गाडी आजसम्म बुझाएका छैनन् । केही दिनभित्रै बुझाउने सर्तमा उनको उनको रमाना तयार भएको थियो । गाडी नबुझाइकन रमानापत्र दिनेमा प्रशासन शाखाका निर्देशक अर्जुनसेन ओली हुन् ।
रेग्मीलाई गाडी नबुझाई रमानापत्र दिएकोबारेमा ओलीले भने–उहाँको काजसरुवा मन्त्रालयमा उद्योग मन्त्रालयमा भएको हो । बाणिज्यमा उहाँको सरुवा भएको थियो । एउटै मन्त्रालयमातहत उहाँको काजसरुवा भएकाले गाडी नबुझाए पनि रमाना दिएको हो । प्रधानमन्त्री कार्यालयमा सरुवा भएको लामो समय भइसक्दा गाडी नबुझाएकोबारेमा उनले भने–उहाँले उद्योग मन्त्रालय छाडेको जानकारी आफूलाई छैन । सूचना अधिकारीसमेत रहेका विभागका निर्देशक सेनले रेग्मीको काजसरुवा भएको झुटो तर्क गरेका छन् । जबकि रेग्मीलाई मन्त्रालयले बाणिज्य विभाग अन्तर्गत सरुवा गरेर सो स्थानमा उपसचिव सरोज पोखरेललाई पठाएको थियो । काजसरुवा भएको भए पनि रमाना लिने बेलामा सो विभागका सामान र गाडी बरबुझारथ गर्नुपर्ने ब्यवस्था छ ।
रेग्मीभन्दा अगाडि सरुवा भएका उपसचिव हरि पँगेनीको सरुवा पनि उद्योग मन्त्रालयमै भएको थियो । तर उनले सबै बरबुझारथ गरी गएका थिए । उपसचिव तहको कर्मचारीलाई गाडी सुविधा दिने कानुनी ब्यवस्था छैन । तर रेग्मीले आफ्नै विशेष पहलमा भन्सारले बरामद गरेको गाडी उद्योग विभागबाट दस्तुर बुझाएर कानुनी प्रक्रिया पूरा गरी ल्याएका थिए । उनको विशेष पहलमा उक्त गाडी उद्योग बिभागमा ल्याइएको सत्य हो । उनको ६ महिनामै अवधि नपुगी सरुवा भएको पनि हो । तर उनी अन्यायमा परेको भन्दैमा उद्योग बिभागको सम्पत्तिका रुपमा रहेको गाडी आफूसँगै लैजानु कानुनको दुरुपयोग हो ।
उद्योगको नेतृत्वले गाडीसहित रमाना दिएर बिदा गर्नु अर्को गम्भीर कानुनी त्रुटि हो । गाडी फिर्ता नगरेकोबारेमा उपसचिव रेग्मीेले भने–पहिला उद्योग मन्त्रालयमा गाडी बुझाएको तर्क गरे । उद्योग बिभागको स्टोरमा गाडी नबुझाइएकोबारेमा ध्यानाकर्षण गराएपछि उनले भने–‘म दाङमा छु, काठमाडौं आएपछि बुझाउनुपर्ने ठाउँमा बुझाउँछु ।
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
काठमाडौँ। सरकारले महिला निजामती कर्मचारीलाई महिनावारी/रजश्वला बिदा दिने भएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले प्रतिनिधि सभामा दर्ता गराएको सङ्घीय...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend