काठमाडौं । जनमत पार्टीकी नेतृ अनितादेवी साहले चलाएको संघीय मामिला मन्त्रालयमा विकृति र अनियमिता हँुदै नभएको जनमत पार्टीले दाबी गरेको छ । पार्टीको उद्देश्य नै देशमा सुशासन कायम गर्ने र भ्रष्टाचारलाई शून्य गर्ने भएकाले पार्टीको मिसन र लक्ष्य अनुसार नै मन्त्रालय चलाउने काम भइरहेको जनमत पार्टीका नेताहरुले जनाएका छन् ।
‘हाम्रो पार्टी सुशासन कायम गर्ने र भ्रष्टाचार निमिट्यान्न गर्ने नारा दिएर स्थापना भएको हो । हाम्रो जग नै यही हो’ जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले भन्नुभयो–‘त्यसैले हामीले चलाएको मन्त्रालयमा भ्रष्टाचार र अनियमितता हुने कल्पना समेत हामीले गर्दैनौं । भ्रष्टाचार र अनियमिता निमिट्यान्न गर्ने अभियानमा हामी लागेका छौं ।’
संघीय मामिला मन्त्रालयमा मन्त्रीको सचिवालयको संलग्नताबाटै अनियमितता भएको भनी केही अनलाइनहरूमा आएको समाचार पूर्णरुपमा कपोलकल्पित र असत्य भएको दाबी उहाँले गर्नुभयो ।
‘अनधिकृत व्यक्तिहरूले मन्त्रीको नाम जोडेर मन्त्रालय बाहिर कहीँ कतै कसैसँग भेट गर्ने अथवा केही स्वार्थ लिन सक्छन् । त्यसैले अनधिकृत व्यक्तिले गरेको कामलाई लिएर मन्त्रीसँग जोड्न मिल्दैन’ यादवले भन्नुभयो–‘मन्त्रीज्यूको सचिवालयका आधिकारिक व्यक्ति र उहाँको परिवारका सदस्यहरू कोही पनि अनियमतिामा लाग्दै लागेका छैनन् । यो शतप्रतिश सत्य हो ।’
जनमत पार्टी कानुन र बिधि अनुसार चल्ने पार्टी भएको दावी गर्दै उहाँले भन्नुभयो–‘हामी विधि अनुसार चल्छौं । भ्रष्टाचारको हामी कल्पनासम्म पनि गर्न सक्दैनौं । त्यसैले हामीले चलाएको मन्त्रालयबाट एक रुपैयाँ बरारबर पनि अनियमिता हुन दिंदैनौं । यसमा हामी सचेत छौं । अझ भनौं भने यस विषयमा हाम्रो पार्टी अध्यक्षज्यू अझ गम्भीर हुनुहुन्छ ।’
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend