काठमाडौं । जनमत पार्टीकी नेतृ अनितादेवी साहले चलाएको संघीय मामिला मन्त्रालयमा विकृति र अनियमिता हँुदै नभएको जनमत पार्टीले दाबी गरेको छ । पार्टीको उद्देश्य नै देशमा सुशासन कायम गर्ने र भ्रष्टाचारलाई शून्य गर्ने भएकाले पार्टीको मिसन र लक्ष्य अनुसार नै मन्त्रालय चलाउने काम भइरहेको जनमत पार्टीका नेताहरुले जनाएका छन् ।
‘हाम्रो पार्टी सुशासन कायम गर्ने र भ्रष्टाचार निमिट्यान्न गर्ने नारा दिएर स्थापना भएको हो । हाम्रो जग नै यही हो’ जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले भन्नुभयो–‘त्यसैले हामीले चलाएको मन्त्रालयमा भ्रष्टाचार र अनियमितता हुने कल्पना समेत हामीले गर्दैनौं । भ्रष्टाचार र अनियमिता निमिट्यान्न गर्ने अभियानमा हामी लागेका छौं ।’
संघीय मामिला मन्त्रालयमा मन्त्रीको सचिवालयको संलग्नताबाटै अनियमितता भएको भनी केही अनलाइनहरूमा आएको समाचार पूर्णरुपमा कपोलकल्पित र असत्य भएको दाबी उहाँले गर्नुभयो ।
‘अनधिकृत व्यक्तिहरूले मन्त्रीको नाम जोडेर मन्त्रालय बाहिर कहीँ कतै कसैसँग भेट गर्ने अथवा केही स्वार्थ लिन सक्छन् । त्यसैले अनधिकृत व्यक्तिले गरेको कामलाई लिएर मन्त्रीसँग जोड्न मिल्दैन’ यादवले भन्नुभयो–‘मन्त्रीज्यूको सचिवालयका आधिकारिक व्यक्ति र उहाँको परिवारका सदस्यहरू कोही पनि अनियमतिामा लाग्दै लागेका छैनन् । यो शतप्रतिश सत्य हो ।’
जनमत पार्टी कानुन र बिधि अनुसार चल्ने पार्टी भएको दावी गर्दै उहाँले भन्नुभयो–‘हामी विधि अनुसार चल्छौं । भ्रष्टाचारको हामी कल्पनासम्म पनि गर्न सक्दैनौं । त्यसैले हामीले चलाएको मन्त्रालयबाट एक रुपैयाँ बरारबर पनि अनियमिता हुन दिंदैनौं । यसमा हामी सचेत छौं । अझ भनौं भने यस विषयमा हाम्रो पार्टी अध्यक्षज्यू अझ गम्भीर हुनुहुन्छ ।’
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend