काठमाडौं । गएको निर्वाचनबाट मधेशमा नयाँ शक्तिको रुपमा उदाएको जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत(सीके)ले आफ्नो आलोचना गर्नेमाथि कारबाहीको डन्डा बर्साउने गरेका छन् । अध्यक्ष राउतले प्रश्न गर्नेहरुलाई एकपछि अर्को गरी पार्टीबाट निस्कासन गर्ने क्रम रोकिन सकेको छैन । राउतलाई खुसी बनाउन नसक्ने नेताहरु पार्टीमा टिक्नसक्ने अवस्था नरहेको जनमतकै नेताहरु बताउँछन् । उनलाई खुसी पार्न नसक्नेहरुलाई पार्टीबाट हटाउनेदेखि स्पष्टीकरण सोध्ने गरिएको छ । जसको सूची लामो रहेको ती नेता बताउँछन् ।
राउतले पार्टीका उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक दीपक साहलाई निलम्बन गरेका छन् । साहलाई ६ महिनाका निलम्बन गरिएको छ । स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई पार्टीबाट निस्कासन गरी अध्यक्ष राउतले आफ्नै दाजु डा. जयकान्त राउतलाई उपाध्यक्ष र अनुशासन समितिको संयोजक बनाउने तयारी गरेका छन् । साहलाई राउतको परिवारलाई उचाल्ने काम गरेको आरोप लगाउँदै पार्टीबाट निस्कासन गरिएको बताइएको छ । साह अनुशासन समितिका समेत संयोजक हुन् ।
राउतले कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई स्पष्टीकरण माग गर्दै निलम्बन समेत गरेका थिए । राउतलाई खुसी पार्न नसक्ने केन्द्रीय नेताहरु कैलाश महतो, डा.रवीन्द्र यादव, जासर यादवहरु पनि निलम्बनमा परेका छन् ।
संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानलाई समेत स्पष्टीकरण सोधिएको थियो । पार्टीका समेत उपाध्यक्ष रहेका खानलाई सोधिएको स्पष्टीकरण सार्वजनिक भने गरिएको थिएन ।
जनमत पार्टी फुटाउन लागेको शंका गर्दै खानलाई स्पष्टीकरण सोधिएको थियो । खानले समितिमा स्वकीय सचिवदेखि सवारीचालक राख्ने क्रममा आफूसँग नसोधी २ जना राखेपछि राउत आक्रोशित भएका थिए । राउतले सिफारिस गरेकालाई मात्र कर्मचारीमा राख्नुपर्नेमा उनले नसोधी २ जना राख्दा उनी शंकाको घेरामा परेका थिए ।
राउतले जनमतका अन्य केन्द्रीय नेताहरु सचिव बीपी साह, अनिता साह, भूपेन्द्र यादव, शम्भु साहलाई समेत स्पष्टीकरण सोधेका थिए । यीमध्ये केहीलाई निलम्बन समेत गरेका थिए । कतिपयको निलम्बन उनको बिरोध नगर्ने सर्तमा फुकुवा भइसकेको छ ।
देश र मधेश बनाउँछु भनेर पार्टी खोलेका राउतले आफ्नै घरसमेत भताभुंग पारी श्रीमतीसँग सम्बन्ध बिच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतमा दर्ता गरेपछि उनी थप आलोचित छन् । गएको भदौमा राउतले उनकी श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्दा हालेका थिए । राउतले गएको भदौ १२ मा श्रीमती सोनीसँग अंशसहित सम्बन्ध बिच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतमा दायर गरेका थिए । जुन मुद्दामा श्रीमती सोनीलाई उचालेको आरोप साहमाथि लगाएर उनलाई पार्टीबाटै निस्कासन गरिएको छ । राउतले हालेको सम्बन्धबिच्छेदको मुद्दाको प्रतिउत्तरमा श्रीमती सोनीले भने उनको स्वास्थ्य जाँचको माग गरेकी थिइन् ।
जनमत पार्टीले सर्त अनुसार पार्टीलाई सहयोग नगर्ने सांसदलाई ‘राइट टु कल’ भन्दै फिर्ता गर्ने गरेको छ । गएको फागुन २७ गते सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो । तर सभामुख देवराज घिमिरेले उनलाई हटाउने मनासिब कारण नदेखिएपछि अस्वीकार गरिदिएका थिए । भनेअनुुसार नबुझाएकाले उनलाई स्पष्टीकरण समेत नलिई हटाउन पत्राचार गरेको आरोप राउतमाथि लाग्ने गरेको छ । उनको नामको स्पष्टीकरण समेत नक्कली भएको सापकोटाले संसद सचिवालयमा बताएकी थिइन् । अर्का एक सांसदलाई पनि कारबाहीको तयारी गरेपछि उनले सर्त पालना गरेपछि पद जोगिएको थियो ।
जनमत पार्टीका महामन्त्री शरद यादवले उपाध्यक्ष दीपक साहको निलम्बन फुकुवा नभएको बताए । साहलाई निस्कासन गरी डा. जयकान्त राउतलाई उपाध्यक्ष बनाउन लागिएकोबारेमा उनले भने–‘यो गलत कुरा हो ।’
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend