Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • रास्वपा सभापति रवि लामिछाने र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता


    बिहिबार, कार्तिक १३ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्।

    बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख अर्याललाई भेटेका हुन्।

    सिंहदरबारस्थित सभामुखकै कार्यकक्षमा उनीहरूबीच करिव आधा घण्टा छलफल भएको सचिवालयका सहसचिव मुना कुँवरले जानकारी दिइन्।

    प्रधानमन्त्री बालेनसँगको भेटमा सरकारको समीक्षा, अध्यादेश, खगेन्द्र सुनारमाथिको अडियो प्रकरण र इनम सापकोटा कनेक्सन लगायतका विषयमा छलफल भएको थियो।

    लगत्तै लामिछानेले सभामुखलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

    सरकारले प्रहरी महानिरिक्षक दानबहादुर कार्की र प्रधानन्यायाधीस मनोजकुमार शर्माको इनमसँगको सम्पर्कलाई लिएर परामर्श गरिरहेका बेला रास्वपा सभापति लामिछानेले राजनीतिक भेटघाटलाई तीव्र पारेको देखिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार