काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ ।
आपराधिक लाभ, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशलाई उच्च अदालतले पनि सदर गरेको हो ।
ललितपुर जिल्ला अदालतले २०८२ जेठ २१ गते अधिकारीलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उक्त आदेशविरुद्ध अधिकारीले उच्च अदालत पाटनमा निवेदन दिएकी थिइन् ।
बिहीबार निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्कबहादुर केसी र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बेरितको नदेखिएको ठहर गरेको हो । जिल्ला अदालतको आदेश परिवर्तन गर्नुपर्ने अवस्था नरहेको भन्दै उच्च अदालतले अधिकारीलाई थुनामै राख्ने निर्णय गरेको छ ।
उच्च अदालतको आदेशमा तुलसा कलेक्सन प्रालिले सम्बन्धित निकायमा पेस गरेको भनिएको आय–व्यय विवरणमा कारोबार कम देखाउनुमा आफ्नो कमजोरी रहेको भनी अधिकारीले बयान दिएको उल्लेख छ। मिसिलमा संलग्न तत्काल प्राप्त प्रमाणका आधारमा जिल्ला अदालतको आदेश परिवर्तन गर्नुपर्ने नदेखिएको इजलासको निष्कर्ष छ । थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी कानुनअनुसार प्रक्रिया अघि बढाउन पनि आदेशमा भनिएको छ ।
अधिकारीविरुद्ध २१ करोड १२ लाख २० हजार ४०६ रुपैयाँ १६ पैसा बिगो मागदाबी गरिएको छ । उनीमाथि आपराधिक लाभ लिएको, हुन्डीमार्फत् आर्जित सम्पत्तिको स्रोत र स्थान परिवर्तन गरेको तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर गरेको अभियोग लगाइएको छ ।
अभियोगपत्रमा संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ र ८ तथा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ विपरीतका कसुर गरेको आरोप लगाइएको छ । अभियोजन पक्षले पीडितलाई क्षतिपूर्तिसहित कानुनबमोजिम कडा सजायको माग गरेको छ ।
अदालतबाट पुर्पक्षका लागि थुनामा राख्ने आदेश हुनु आरोप प्रमाणित भएको ठहर भने होइन। मुद्दाको अन्तिम निरूपण प्रमाण र सुनुवाइका आधारमा हुनेछ ।
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदै छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend