धनुषा । मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने सहमति गरिएको छ । बिहीबार बसेको दलहरूको बैठकले जनमतको नेतृत्वमा सरकार बनाउने सहमति भएको हो ।
बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ,‘सरकारमा सहभागी भएका दलहरूका बिचमा आपसी सहमतिमा मन्त्रालय बाँडफाँट गर्ने तथा नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूसँग पनि संवाद अघि बढाउने निर्णय भएको छ ।’
जनमतको नेतृत्वमा सरकार बनाउने ५ दलबिच सहमति भएको भनिएपनि विज्ञप्तिमा भने ३ दलको मात्रै हस्ताक्षर रहेको छ ।
नेपाली कांग्रेससहित जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेर सरकार बनाउने पहल भइरहेको बेला प्रमुख दल एमाले, माओवादी केन्द्र र जनमतबीच यस्तो सहमति भएको हो ।
मधेशमा कांग्रेस, जसपा नेपाल, लोसपा र एकीकृत समाजवादी मिलेमा बहुमत पुग्ने देखिन्छ । १०७ सदस्यीय प्रदेश सभामा कांग्रेसका २२, जसपा नेपालका १९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद गरि ५७ मत हुन्छ, जुन बहुमतका लागि आवश्यक ५४ भन्दा बढी हो ।
प्रदेशमा एमालेका २५, जनमतका १३ र माओवादी केन्द्रका ७ सांसद रहेका छन् ।
यसअघि एमालेका सरोज यादवलाई मधेश प्रदेशको मुख्यमन्त्री बनाउने सहमति एमाले र माओवादीबीच भएको थियो । तर बुधबार देउवा निवासमा मधेश सरकार बनाउनेबारेमा उपेन्द्र यादवको जसपा नेपाल, लोसपा, नेकपा एकीकृत समाजवादी मिल्ने भएपछि बिहीबार एमाले–माओवादी जनमतलाई मुख्यमन्त्री दिन तयार भएका हुन् ।

हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले उद्योगी तथा व्यवसायीहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend