Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • बिल माग्नेलाई मात्रै होइन, दिनेलाई पनि पुरस्कार दिँदै सरकार


    शुक्रबार, कार्तिक १४ २०८३
    55
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सरकारले उपभोक्तालाई सामान तथा सेवा खरिद गर्दा बिल लिन प्रोत्साहित गर्ने उद्देश्यले सञ्चालन गरेको करदाता प्रोत्साहन कार्यक्रमलाई विस्तार गर्ने भएको छ।

    अब बिल लिने उपभोक्तासँगै बिल जारी गर्ने बिक्रेतालाई पनि नगद पुरस्कार दिने तयारी गरिएको छ।

    चालु आर्थिक वर्षको सुरूदेखि सञ्चालनमा आएको यो कार्यक्रमले बिल लिने संस्कार विकास गर्न र राजस्व संकलन बढाउन सहयोग पुगेको आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयको बुझाइ छ।

    कार्यक्रम सुरू भएपछि उपभोक्ताले सामान तथा सेवा खरिद गर्दा सक्कल भ्याट वा प्यान बिल लिने क्रम बढेको अनुमान गरिएको छ। अहिले सरकारको भ्याट संकलन २५ प्रतिशतसम्म बढेको छ।

    यसले कारोबारको अभिलेख राख्ने र करको दायरामा कारोबार ल्याउने वातावरण बनेको सरकारी अधिकारीहरूको भनाइ छ।

    कार्यक्रमअन्तर्गत हालसम्म उपभोक्ताले नगद पुरस्कारसमेत पाइसकेका छन्। साउन १ देखि असोज १५ गतेसम्म पाँच चरणमा पुरस्कार घोषणा हुँदा ७४ जनाले जनही एक लाख र पाँच जनाले बम्पर पुरस्कारबापत जनही सात लाख ५० हजार रुपैयाँ प्राप्त गरिसकेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार