काठमाडौं । पार्टी बिधिसम्मत रुपमा संचालन हुनुपर्छ भन्ने नेताहरुलाई एकपछि अर्को निलम्बन र निस्कासन गर्दैआएको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।
ठगी आरोपमा सप्तरीको राजविराजबाट पक्राउ परेका यादवमाथि ललितपुर प्रहरी परिसरमा ठगी र आपराधिक विश्वासघातसम्बन्धी उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।
ललितपुर प्रहरीको पत्रको आधारमा यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि उनलाई थप कारबाहीका लागि ललितपुर पठाइनेछ ।
उनीमाथि अनुमतिबिना गैरआवासीय मधेशी संघका विदेश बस्दै आएका ६० जनाभन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी सेयर र लेबीका नाममा सङ्घका पूर्वअध्यक्ष इन्जिनीयर बसन्तकुमार कुसवाहा र इन्जिनयर शम्भुनाथ साहसमेतसँग मिलेर करोडौं रुपैयाँ उठाएको आरोप लागेको छ ।
नयाँ शक्तिका रुपमा मधेश प्रदेशमा उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्र बिधि र पद्धतिको कुरा गर्ने बरिष्ठ उपाध्यक्ष दीपक साहहरु निलम्बनमा परेका छन् । साहलाई निलम्बन गरी भाइ डा. जयकान्त राउतलाई बरिष्ठ उपाध्यक्ष बनाउने तयारीमा रहेका सीके राउतका निकट केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव ठगी गरेको आरोपमा पक्राउ परेपछि जनमत पनि मधेशका पुराना पार्टीभन्दा पनि बदनाम हुँदै गएको पुष्टि हुँदै गएको छ ।
काठमाडौं । चर्चित टिकटककर तथा तुलसा कलेक्सनकी सञ्चालक तुलसी अधिकारी (तुल्सा) लाई थुनामुक्त गर्न उच्च अदालत पाटनले अस्वीकार गरेको छ । आपराधिक लाभ, संगठित अपराध...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेटवार्ता गरेका छन्। बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग लामो छलफल गरेका लामिछानेले आज बिहीबार दिउँसो सभामुख...
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथ लिएका छन्। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति गगन थापाले पदाधिकारी र...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै...
काठमाडौँ। नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा तातोपानी नाका सञ्चालनमा ध्यान दिन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend