Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनमत पार्टीका कोषाध्यक्ष यादव ठगी आरोपमा पक्राउ


    आइतबार, बैशाख ७ २०८२
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पार्टी बिधिसम्मत रुपमा संचालन हुनुपर्छ भन्ने नेताहरुलाई एकपछि अर्को निलम्बन र निस्कासन गर्दैआएको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादव ठगी गरेको आरोपमा पक्राउ परेका छन् ।

    ठगी आरोपमा सप्तरीको राजविराजबाट पक्राउ परेका यादवमाथि ललितपुर प्रहरी परिसरमा ठगी र आपराधिक विश्वासघातसम्बन्धी उजुरी दर्ता भएको प्रहरीले जनाएको छ ।

    ललितपुर प्रहरीको पत्रको आधारमा यादवलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानपछि उनलाई थप कारबाहीका लागि ललितपुर पठाइनेछ ।

    उनीमाथि अनुमतिबिना गैरआवासीय मधेशी संघका विदेश बस्दै आएका ६० जनाभन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी सेयर र लेबीका नाममा सङ्घका पूर्वअध्यक्ष इन्जिनीयर बसन्तकुमार कुसवाहा र इन्जिनयर शम्भुनाथ साहसमेतसँग मिलेर करोडौं रुपैयाँ उठाएको आरोप लागेको छ ।

    नयाँ शक्तिका रुपमा मधेश प्रदेशमा उदाएको डा. सीके राउत नेतृत्वको जनमत पार्टीभित्र बिधि र पद्धतिको कुरा गर्ने बरिष्ठ उपाध्यक्ष दीपक साहहरु निलम्बनमा परेका छन् । साहलाई निलम्बन गरी भाइ डा. जयकान्त राउतलाई बरिष्ठ उपाध्यक्ष बनाउने तयारीमा रहेका सीके राउतका निकट केन्द्रीय कोषाध्यक्ष सुरेन्द्रनारायण यादव ठगी गरेको आरोपमा पक्राउ परेपछि जनमत पनि मधेशका पुराना पार्टीभन्दा पनि बदनाम हुँदै गएको पुष्टि हुँदै गएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार