Nepal Face
  • शुक्रबार, १४ कार्तिक २०८३
  • सशस्त्र प्रहरीका सम्पर्कविहीन कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन


    शुक्रबार, कार्तिक १४ २०८३
    65
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सशस्त्र प्रहरी बल, नेपालले बिदा तथा अनुमति नलिई कार्यस्थलमा अनुपस्थित रहेका सात जना सशस्त्र प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।

    सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको मानवस्रोत विभागअन्तर्गत कर्मचारी प्रशासन शाखाले आज एक सूचना जारी गर्दै गैरहाजिर रहेका कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन भनेको हो।

    सूचनामा गैरहाजिर रहनुको मनासिब कारण खुलाउँदै सम्बन्धित कार्यालयमा उपस्थित भई स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ।

    तोकिएको समयभित्र हाजिर नभए सशस्त्र प्रहरी नियमावली, २०७२ (संशोधनसहित) बमोजिम आवश्यक विभागीय कारबाही प्रक्रिया अघि बढाइने प्रधान कार्यालयले जनाएको छ।

    सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ११८ को उपनियम (१) को प्रयोजनका लागि उक्त सूचना प्रकाशित गरिएको हो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार