काठमाडौं । विश्वकपका लागि पाकिस्तान क्रिकेट बोर्ड अर्थात पीसीबीले टोली घोषणा गरेको छ । अक्टोबर ५ बाट विश्वकप क्रिकेट सुरु हुँदैछ ।
एसिया कपको खेलमा घाइते भएका नसिम शाहको स्थानमा हसन अलीलाई टोलीमा स्थान दिइएको छ । पीसीबीले नसिम शाह तीनदेखि चार महिनामा निको हुने अपेक्षा गरेको छ ।
टोलीका मुख्य चयनकर्ता इन्जमाम उल हकले भने, ‘विश्वकप कुनै पनि क्रिकेटरको जीवनमा सबैभन्दा विशेष घटना हो । उत्कृष्ट खेलको आधारमा टिममा पर्न सफल सबै खेलाडीहरुलाई हार्दिक बधाई । टोलीले पछिल्ला केही वर्षमा उत्कृष्ट प्रदर्शन गरेको छ। त्यसैले हामीले यो टोलीमाथि विश्वास व्यक्त गरेका छौं।
पाकिस्तानी टोलीमा बाबर आजम (कप्तान), शादाब खान (उपकप्तान), अब्दुल्लाह शफिक, फखर जमान, हरिस रउफ, हसन अली, इफ्तिखार अहमद, इमाम-उल-हक, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेट किपर), मोहम्मद वसीम, सलमान अली आगा, साउद शकील, शाहीन शाह अफ्रिदी रओसामा मीर छन् ।
पाकिस्तानले आफ्नो पहिलो खेल ६ अक्टोबरमा नेदरल्याण्ड्ससँग खेल्नेछ ।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend