Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • भारतलाई एसिया कप क्रिकेटको उपाधि


    आइतबार, भाद्र ३१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो ।

    टस जितेर ब्याटिङ रोजेको श्रीलंका ५० रनमै अलआउट भएको थियो । मोहम्मद सिराजले एकै ओभरमा ४ विकेट लिएपछि धराशयी बनेको श्रीलंकाले कुनै पनि क्षण भारतलाई चुनौति दिन सकेन । श्रीलंकाका दुईजना ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन बनाए । चार जना ब्याट्सम्यान शून्यमा आउट भए ।

    सिराजले ७ ओभर बलिङ गर्दा २१ रन दिएर ६ विकेट लिए । हार्दिक पाण्ड्याले २।२ ओभरमा ३ रन मात्र खर्चेर तीन विकेट लिए भने जसप्रित बुमराहले १ विकेट लिए । श्रीलंकाका कुशल मेन्डिसले सर्वाधिक १७ रन बनाए ।

    जवाफी ब्याटिङमा भारतले ६।१ ओभरमै लक्ष्य भेट्टायो । कप्तान रोहित शर्माको स्थानमा इसान किसनले शुभमन गिलसँग ब्याटिङ सुरुवात गरेका थिए । उनीहरुले श्रीलंकाका बलरहरुलाई कुनै मौका दिएनन् । गिलले १९ बलमा ६ चौकासहित २७ रन बनाए भने किसनले १८ बलमा २३ रन बनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार