Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिया कप क्रिकेट: भारत र पाकिस्तान आज भिड्दै


    आइतबार, भाद्र २४ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। एसिया कप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबीच आज भिडन्त हुँदैछ। श्रीलङ्काको कोलोम्बोस्थीत आर प्रेमदासा क्रिकेट स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा ३ मा खेल सुरु हुनेछ।

    भारत र पाकिस्तानबीच यो प्रतियोगितामा दोस्रो खेल हुनेछ ।

    सेप्टेम्बर–२ तारिखमा भएको समूह चरणको खेल वर्षाको कारण पुरा हुन नसकेर बराबरीमा सकिएको थियो। सुपर फोरको पहिलो खेलमा पाकिस्तानले बङ्गलादेशलाई पराजित गरी सुखद सुरुआत गरेको थियो।

    भारतको भने यो सुपर फोरको पहिलो खेल हो। आजको खेल वर्षाले प्रभावित हुन सक्ने अवस्थामा ‘रिजर्भ डे’ राखिएको छ । आज खेल पूरा हुन नसकेमा भोलि हुनेछ ।

    सुपर फोरमा समूह ए बाट पाकिस्तान र भारत तथा समूह बी बाट श्रीलङ्का र बङ्गलादेश पुगेका थिए । उक्त एसिया कप क्रिकेटमा श्रीलङ्कासँग पराजित हुँदै बङ्लादेश बाहिरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार