Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भारतले पाकिस्तानलाई दियो ३५७ रनको लक्ष्य


    सोमबार, भाद्र २५ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको भिडन्तमा भारतले पाकिस्तानलाई ३५७ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाएर ३५६ रन जोडेको हो ।

    भारतका विराट कोहली र केएल राहुलले सतक बनाए । कोहली १२२ र राहुल १११ रनमा अविजित रहे । उनीहरुले दोस्रो विकेटका लागि २३३ रनको साझेदारी गरेका छन् ।

    कोहलीले ९४ बलमा ३ छक्का र ९ चौका प्रहार गरे । कोहलीले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ४७औं शतक बनाएका छन् । उनले १३ हजार रन पनि पूरा गरेका छन् । यस्तै राहुलले १०६ बलमा २ छक्का र १२ चौका हिर्काए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार