काठमाडौँ। एसिया कप क्रिकेट (२०२३)अन्तर्गत आज (बिहीबार) समूह ‘बी’ को पहिलो खेल हुँदैछ। जसमा बंगलादेश र श्रीलंकाबीच आज अपरान्ह ३:१५ बजे श्रीलंकाको केन्डीस्थित पालेकेली स्टेडियममा हुने खेलमा दुबै टिम जित निकाल्दै शीर्ष चार बलियो बनाउने लक्ष्यमा मैदान उत्रिँदै छन्।
डिफेन्डिङ च्याम्पियन श्रीलंकालाई चोटले पिरोलेको छ। उसका ५ मुख्य खेलाडीहरू चोटका कारण टिममा छैनन्। त्यस्तै, बंगलादेशका विकेटकिपर ब्याटर लिटन दास इन्जुरीका कारण एसिया कपबाट बाहिरिएका छन्।
बंगलादेश र श्रीलंका बीचको खेलमा वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ।
श्रीलंका र बंगलादेश दुबै शीर्ष चारका दाबेदार भएकाले यो खेल रोमाञ्चक हुने आंकलन गरिएको छ।
श्रीलंकाका स्पिनर वानिन्दु हसारङ्गा इन्जुरीका कारण टिममा छैनन्। त्यस्तै, दुष्मन्था चमीरा, लाहिरु कुमारा, दिलशान मदुशंका र अविष्का फर्नान्डो पनि श्रीलंकाको टोलीमा छैनन्।
कोरोना संक्रमित कुसल परेरा भने टिममा रहेका छन्। तर उनले पनि पहिलो खेल गुमाउने छन्।
यो वर्ष श्रीलंकाका लगि पथुम निसांकाले सर्वाधिक धेरै रन बनाएका छन्। उनका साथ पूर्वकप्तान दिमुथ करुणारत्ने ओपनिङ गर्नेछन्। दुबैले यो वर्ष टिमका लागि ४५० भन्दा बढी रन बनाएका छन्।
बंगलादेश भने तमिम इकबालले एकदिवसीय क्रिकेटको कप्तानी छोडेपछि शकिब अल हसनको कप्तानीमा मैदानमा उत्रिँदै छ। लिटन दास र इबादत हुसेनजस्ता अनुभवी खेलाडी टिममा छैनन्। यद्यपि सकिबसँग विश्व स्तरीय बलरहरू छन्।
मुस्ताफिजुर रहमान, तस्कीन अहमद र मेहदी हसन मिराजलगायतका स्टार बलरको भर बंगलादेशलाई रहेको छ।
यद्यपि एसियाकपको एकदिवसीय फर्म्याटमा अहिलेसम्म दुई टिमबीच १३ खेल भएको छ। २०१० सम्म सबै खेल श्रीलंकाले जितेको थियो। तर २०१२ मा बंगलादेशले पहिलो पटक जित निकाल्यो।
२०१२ पछि दुई टिम दुई पटक प्रतिस्पर्धा गरेका छन्। २०१४ मा श्रीलंकाले जित्दा २०१८ मा बंगलादेशले जित हासिल गरेको थियो।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नेपालले ओमानविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। अल अमिरात मैदानमा केही बेरअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो। आईसीसी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend