Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिया कप क्रिकेट: आज बंगलादेश र श्रीलंका भिड्दै


    बिहिबार, भाद्र १४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। एसिया कप क्रिकेट (२०२३)अन्तर्गत आज (बिहीबार) समूह ‘बी’ को पहिलो खेल हुँदैछ। जसमा बंगलादेश र श्रीलंकाबीच आज अपरान्ह ३:१५ बजे श्रीलंकाको केन्डीस्थित पालेकेली स्टेडियममा हुने खेलमा दुबै टिम जित निकाल्दै शीर्ष चार बलियो बनाउने लक्ष्यमा मैदान उत्रिँदै छन्।

    डिफेन्डिङ च्याम्पियन श्रीलंकालाई चोटले पिरोलेको छ। उसका ५ मुख्य खेलाडीहरू चोटका कारण टिममा छैनन्। त्यस्तै, बंगलादेशका विकेटकिपर ब्याटर लिटन दास इन्जुरीका कारण एसिया कपबाट बाहिरिएका छन्।

    बंगलादेश र श्रीलंका बीचको खेलमा वर्षाको सम्भावना ४० प्रतिशत रहेको छ।

    श्रीलंका र बंगलादेश दुबै शीर्ष चारका दाबेदार भएकाले यो खेल रोमाञ्चक हुने आंकलन गरिएको छ।

    श्रीलंकाका स्पिनर वानिन्दु हसारङ्गा इन्जुरीका कारण टिममा छैनन्। त्यस्तै, दुष्मन्था चमीरा, लाहिरु कुमारा, दिलशान मदुशंका र अविष्का फर्नान्डो पनि श्रीलंकाको टोलीमा छैनन्।

    कोरोना संक्रमित कुसल परेरा भने टिममा रहेका छन्। तर उनले पनि पहिलो खेल गुमाउने छन्।

    यो वर्ष श्रीलंकाका लगि पथुम निसांकाले सर्वाधिक धेरै रन बनाएका छन्। उनका साथ पूर्वकप्तान दिमुथ करुणारत्ने ओपनिङ गर्नेछन्। दुबैले यो वर्ष टिमका लागि ४५० भन्दा बढी रन बनाएका छन्।

    बंगलादेश भने तमिम इकबालले एकदिवसीय क्रिकेटको कप्तानी छोडेपछि शकिब अल हसनको कप्तानीमा मैदानमा उत्रिँदै छ। लिटन दास र इबादत हुसेनजस्ता अनुभवी खेलाडी टिममा छैनन्। यद्यपि सकिबसँग विश्व स्तरीय बलरहरू छन्।

    मुस्ताफिजुर रहमान, तस्कीन अहमद र मेहदी हसन मिराजलगायतका स्टार बलरको भर बंगलादेशलाई रहेको छ।

    यद्यपि एसियाकपको एकदिवसीय फर्म्याटमा अहिलेसम्म दुई टिमबीच १३ खेल भएको छ। २०१० सम्म सबै खेल श्रीलंकाले जितेको थियो। तर २०१२ मा बंगलादेशले पहिलो पटक जित निकाल्यो।

    २०१२ पछि दुई टिम दुई पटक प्रतिस्पर्धा गरेका छन्। २०१४ मा श्रीलंकाले जित्दा २०१८ मा बंगलादेशले जित हासिल गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार