काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ । कप्तान बाबर आजम र इफ्तिकार अहमदको दोहोरो शतकीय साझेदारीमा पाकिस्तानले नेपाललाई जीतका लागि ३४३ रनको विशाल लक्ष्य दिएको हो ।
अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याचआउट हुन अघि कप्तान आजमले उत्कृष्ट ब्याटिङको नमूना प्रदर्शन गर्दै १३१ बलमा १५१ रन बनाए । उनले यस क्रममा १४ चौका र ४ छक्का हिर्काए । कुनै पनि पाकिस्तानी कप्तानले घरेलु मैदानमा बनाएको यो सबैभन्दा ठुलो व्यक्तिगत स्कोर हो ।
त्यस्तै इफ्तिकार अहमदले पनि शतकीय पारी खेले । उनले नटआउट रहँदै १०९ रन बनाए । उनले विस्फोटक ब्याटिङ गर्दै ११ चौका र ४ छक्का हिर्काए ।
नेपालले खेलमा सुरुवात भने राम्रो गरेको थियो । नेपालले दुवै ओपनरलाई सस्तोमा आउट गरेपछि घरेलु टोली दबाबमा परेको थियो । फखर जमान १४ रन बनाएर करन केसीको शिकार बने भने इमाम उल हक ५ रन बनाएर रनआउट भए ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend