Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?


    मंगलबार, भाद्र १२ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आज साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चार दिनपछि आज सुनको मूल्य ६०० रुपैयाँले बढेको हो ।

    आज छापावाल सुन तोलामा एक लाख ११ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघिका चार दिन सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

    तेजाबी सुन तोलामा एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार