काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ।
राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटीएम मेसिनबाट सयका नोट पनि वितरण गर्न थालेका छन्। राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोसी बाढीले ठूलो जनधनको क्षति पु¥याएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला र सफा नोट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जानकारी दिए।
‘एकातर्फ पैसा सटही गर्ने काम दैनिक गर्नुपर्ने नियमित काम जस्तै हो। यसलाई सूचना नै निकालेर गरिरहनुपर्छ भन्ने छैन,’ पौडेलले भने, ‘चाडपर्वकै मुखमा भोटेकोसी बाढीले ठूलो जनधनको क्षति भएकाले पनि राष्ट्र बैंकले दशैं मनाउन भनी सूचना जारी गर्न पनि उपयुक्त देखिदैन। हामीले यो ढङ्गले गर्न लागेका हौँ।’
यही असोज १ गतेदेखि नै राष्ट्र बैंकको थापाथली, राष्ट्र बैंकका प्रादेशिक कार्यालय र वाणिज्य बैंकबाट सुकिला र सफा नोट दिने काम भइरहेको उनले बताए। गत चार(पाँच वर्षदेखि राष्ट्र बैंकले चाडपर्व लक्षित गर्दै नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गरिरहेको उनको भनाइ छ।
गत भदौ ३१ गतेसम्म सात खर्ब ९४ अर्ब करेन्सी इन सर्कुलेसन भएको उनले बताए। यो रकमको करिब आठदेखि १० प्रतिशतसम्मको रकम दशैंमा वृद्धि हुने अनुमान गरिएको उनले जानकारी दिए।
काठमाडौँ। नेकपा(एमाले)ले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। बिहीबार अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षमा बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय भेला बोलाउने निर्णय गरेको हो। आउँदो...
काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ। आज बिहान १० बजेका लागि तय गरिएको मतदान तीनपटक सारेर दिउँसो...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनअन्तर्गत आज नयाँ कार्यसमिति चयनका लागि मतदान हुने कार्यक्रम छ । दिउँसो साढे २ बजेबाट मतदान सुरु गर्ने भनिएपनि...
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन कुमार थापा र आफूले कुनै पनि निश्चित उम्मेदवारलाई भोट हाल्नका लागि कसैलाई निर्देशन वा दबाब...
काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको शपथ लिएकी छन्। बिहीबार एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend