काठमाडौं । नेपाली क्रिकेट टीम एसिया कप क्रिकेट खेल्नका लागि भोलि पाकिस्तानतर्फ प्रस्थान गर्ने भएको छ । आज नेपाल क्रिकेट संघ (क्यान) ले टीमलाई बिदाइ गर्दैछ ।
एसिया कप आउँदो १३ गतेबाट सुरु हुने भए पनि पाकिस्तानमा केही अभ्यास म्याच खेल्न नेपाली टीम चाँडै जान लागेको हो । एसिया कपको उद्घाटन खेलमा नेपाल र पाकिस्तान भिड्दैछन् ।
नेपाली टीमका स्टार स्पिनर सन्दीप लामिछाने भने भोलि पाकिस्तान नजाने भएका छन् । १७ सदस्यीय स्क्वाडमा भए पनि उनी बन्द प्रशिक्षणमा सहभागी भएका छैनन् । उनको मुद्दामाथिको फैसलामा ढिलाइ भएपछि सन्दीपले एसिया कप खेल्ने/नखेल्ने अनिश्चित बनेको हो । गत साउन ३२ गते पेशी तोकिएको भए पनि न्यायाधीशले सुनवाइ स्थगित गरिदिएका थिए ।
अदालतबाट सफाइ पाएर एसिया कप खेल्न जाने मनस्थितिमा रहेका सन्दीप फैसला पछि धकेलिएपछि तनावमा परेका छन् । निकट स्रोतका अनुसार उनले एसिया कप खेल्ने/नखेल्ने दुई–तीन दिनमा निधो हुने छ । क्यानले भने उनी जसरी पनि एसिया कप खेल्न जानुपर्नेमा जोड लगाइरहेको छ ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend