Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एसिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा


    सोमबार, साउन २९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं।आगामी सेप्टेम्बर ३० देखि पाकिस्तान र श्रीलंकामा सुरु हुने एसिया कप क्रिकेटका लागि नेपाली टोली घोषणा गरिएको छ। रोहित पौडेलको कप्तानीमा एसिया कप खेल्ने नेपाली टोली घोषणा गरिएको हो।

    टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, सोमपाल कामी, किशोर महतो, प्रतिश जिसी, श्याम ढकाल, सन्दीप जोरा, ललित राजवंशी र अर्जुन साउँद छन्।

    नेपाल समूहमा ‘ए’ मा रहेको छ। नेपालले पहिलो खेल सेप्टेम्बर ३० मा पाकिस्तानसँग खेल्नेछ। दोस्रो खेल भारतसँग हुनेछ।

    एक हप्ताअघि नै नेपाली टोलीले पाकिस्तान पुगेर पाकिस्तान क्रिकेट बोर्डले तयार गरेको टोलीसँग अभ्यास खेल खेल्दैछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार