Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाँचौ तहका कर्मचारीले गरे साढे एक करोडभन्दा बढी भ्रष्टाचार


    मंगलबार, साउन २३ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कपिलवस्तुस्थित कृष्णनगर नगरपालिकाका पाँचौ तहका कर्मचारी साकिर अहमदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध बिगो अनुसार एक करोड ५५ लाख ७९ हजार ६ सय ९५ रुपैयाँ ५८ पैसा कायम विशेषमा मुद्दा दायर गरेको हो ।

    अहमदले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको उजुरी अयोगमा परेपछि अनुसन्धान गर्दा उनले सरकारी सेवा प्रवेश गरेको ३० वर्षमा आम्दानीभन्दा धेरै सम्पत्ति जोडेको देखिएको अख्तियारले जनाएको छ ।

    अहमदले गरेको आय र व्ययको खर्च अनुपात हेर्दा एक करोड ५५ लाख ७९ हजार ६ सय ९५ रुपैयाँ ५८ पैसा बराबरको खर्च तथा लगानी (सम्पत्ति) को वैधानिक स्रोत नखुलेको अख्तियार बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार