Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कति छ आज सुनचाँदीको मूल्य ?


    बुधबार, साउन १७ २०८०
    2.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । अघिल्लो दिन सुनको मूल्य प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भएकोमा आज ६ सय रुपैयाँले घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १२ हजार चार सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ८५० रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ७५ रुपैयाँमा कारोबार भएकोमा आज घटेर एक हजार ४६० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार