काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, चाबहिलमा कार्यरत नापी अधिकृत राजु पुरीबिरुद्ध गैरकानुनी सम्पत्ति आर्जनमा आइतबार मुद्दा दर्ता गरेको छ ।
पुरीले भ्रष्टाचार गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमा आयोगले अनुसन्धान गरेको थियो । उनी सार्वजनिक सेवा प्रवेश गरेको २०५२ पुस ९ गतेदेखि २०७९ असार मसान्तसम्मको अवधिको छानबिन गरेको थियो ।
नापी अधिकृत पुरीको आयतर्फ पारिश्रमिक बचत, अन्य भत्ता, विभिन्न बैंक वित्तीय संस्था तथा सहकारीबाट लिएको कर्जा, उनको नाममा रहेको जग्गा बिक्रीबापत प्राप्त आय, कृषि आय, घर तथा जग्गा बहाल आय, बिमा परिपक्व भई प्राप्त रकम, ब्याज आय र जग्गाको मुआब्जा प्राप्त आयसमेत गरी १ करोड २० लाख ७७ हजार ७९ पैसा आय प्राप्त गरेको देखिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार व्ययतर्फ हेर्दा उनी तथा उनको श्रीमतीको नाममा जग्गा खरिद गर्दाको रकम र रजिष्ट्रेशन दस्तुर, घर निर्माण खर्च, अध्ययन खर्च, कर्जाको साँवा तथा व्याज भुक्तानी, शेयर खरिद, लाभ कर, विदेश भ्रमण खर्च, बिमा प्रिमियम, सवारी साधन खरिद र विद्युतीय सामान खरिदसमेत गरी २ करोड २४ लाख ८१ हजार ६ सय ९० रुपैयाँ ५२ पैसा खर्च तथा लगानी गरेको देखिएको छ ।
व्ययको तुलनामा उनले प्राप्त गरेको आय रकम रु. १ करोड ४ लाख ३ हजार ९ सय ४१ रूपैयाँ ८३ पैसा बराबरको खर्च तथा लगानीको वैधानिक स्रोत खुल्न आएको नदेखिएको आयोगले जनाएको छ ।
पुरीले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गर्नुका साथै अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएको देखिंदा उनले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेकोले १ करोड ४ लाख ३ हजार ९ सय ४१ रूपैयाँ ८३ पैसा बिगो मागदाबी गर्दै बिशेष अदातमा मुद्दा दर्ता गरेको आयोगका प्रवक्ता भोला दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम गैरकानूनी रुपमा आर्जन गरेको पुरीको सम्पत्ति जफत एंव असुल हुनसमेत मागदाबी लिइएको छ ।
साथै, पुरीले सार्वजनिक पदमा रहँदा गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती श्रृजना गिरीको नाममा राखेको देखिएको हुँदा उनको नाममा रहेको सम्पत्ति समेत जफतको माग गरिएको छ ।
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
काठमाडौं । परराष्ट्र मन्त्रालयका कर्मचारीहरुले राजदूत पदमा मात्र होइन, श्रम सहचारीमा समेत आँखा लगाएका थिए । विगतदेखि नै श्रम सहचारीमा सामान्य प्रशासन समूहका कर्मचारीलाई...
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ। मन्त्रालयको निर्णयअनुसार थापालाई सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend