काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा पुगेको भन्दै रक्षाका लागि नयाँ आन्दोलनको विकल्प नरहेको बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलनबाट पछाडि हटे देशको रक्षा गर्न नसकिने दाबी गरे।
“देश क्रिटिकल अवस्थामा छ। यस्तो स्थितिबाट हामीले नै देशलाई पार लगाउनुपर्छ। यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ। आन्दोलन शब्द सुन्नै नहुने मानसिकता बनाउनु हुँदैन। आन्दोलनले नै शक्ति आर्जन गर्ने हो,” ओलीले भने, “यति असहज र अप्ठ्यारो परिस्थितिमा आन्दोलनबाहेक अन्य बाटो रोज्यौँ वा आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ। आन्दोलनले नै पार्टीलाई टिकाउने, अघि बढाउने र जिताउने हो।”
अध्यक्ष ओलीले दक्षिणपन्थी शक्तिहरूले लोकतन्त्र र शान्तिको नारा दिएर जनतालाई धोका दिइरहेको आरोप लगाए। वर्तमान सरकार निरंकुश ढंगले अघि बढिरहेको आरोप लगाउँदै उनले नेपाल प्रहरी बिनाबर्दी पक्राउ गर्न जाने गरेको भन्दै कडा असन्तुष्टि व्यक्त गरे।
“दक्षिणपन्थी शक्तिहरू लोकतन्त्र र शान्ति भनेर घाँटीका नसा फुल्ने गरी कराउँछन् र दुनियाँलाई धोका दिन्छन्। तर व्यवहार भने मान्छे मराउने षड्यन्त्रको गर्छन्। त्यसैलाई हतियार बनाएर आगो लगाउने, लुटपाट गर्ने, कुटपिट गर्ने र आतङ्क फैलाउने षड्यन्त्र भइरहेको छ,” उनले थपे, “कोही पनि मान्छे बोल्नै नसक्ने गरी आतङ्कको राज सिर्जना गरिएको छ। बोल्यो कि पुर्जी, बोल्यो कि गिरफ्तारी! के पुलिससँग ड्रेस छैन? बर्दी नलगाई जाने पुलिस गुण्डा हो र? बिनाबर्दी जाने, बलजफ्ती ढोका फोरेर भित्र पस्ने काम भइरहेको छ।”
अध्यक्ष ओलीले सरकार फाँसीवादतर्फ बेलगाम अघि बढिरहेको टिप्पणी गर्दै सिंगो राज्य नै नागरिक स्वतन्त्रता प्रयोग गर्न नसक्ने निरीह अवस्थामा पुगेको दाबी गरे। उनले चाडपर्व (तिहार तथा छठ) लत्तै वा जुनसुकै समयमा हुन सक्ने आन्दोलनका लागि मानसिक रूपमा तयार रहन नेता-कार्यकर्ताहरूलाई निर्देशन दिए।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । ग्यास विक्रेता महासंघ नेपालले खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा भ्याट बिल वा बिजक उपलब्ध गराउन व्यवसायीहरूलाई आग्रह गरेको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend