काठमाडौं । जनमत पार्टीले बारा क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा उमेदवार बनेका शिवचन्द्र कुशवाहलाई पार्टीको निती नियम अनुसार नचलेको आरोप लगाउँदै पार्टीबाट निष्कासन गरेको छ ।
पार्टी अनुशासनविपरीतका काम गरेको र नेतृत्वविरुद्ध लागेको भन्दै कुशवाहलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको केन्द्रीय अनुशासन समितिका प्रमुख दीपककुमार साहले जानकारी दिए ।
यस्तै, सप्तरीका गुलाब मण्डललाई मन्दिर व्यवस्थापन समितिको निर्वाचनमा ‘बागी’ उमेदवारी दिएको आरोपमा एक वर्षका लागि पार्टी सदस्यबाट निलम्बन गरिएको छ ।
सप्तरीकै शंकर खड्कालाई विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा ‘बागी’ उमेदवारी दिएर असहयोग गरेको आरोपमा एक वर्षका लागि पार्टीबाट निलम्बन गरिएको छ ।
रुपन्देहीका भोपेन्द्र यादवलाई केन्द्रको निर्देशन उल्लंघन गरेको र गुटबन्दी गरेको भन्दै केन्द्रीय सचिवालयबाट तीन महिनाका लागि निलम्बन गरिएको छ ।
कपिलवस्तुका भगवानदास यादवलाई पार्टी बैठकमा होहल्ला गरेको भन्दै एक वर्षसम्म सदस्यता निलम्बन गरिएको छ ।

काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार दिउँसो २ बजे बैठक बस्ने...
हाम्रो देशमा सधैं सरकार परिवर्तन हुनेवित्तिकै देशको आर्थिक विकासमा सार्वजनिक (राज्य) कि निजी क्षेत्रको भूमिका प्रमुख हुने भन्ने अनावश्यक गलफत्ती चल्ने असाध्यै नराम्रो परम्परा...
काठमाडौं । नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ बर्षपछि धनुषाको सवैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका) का ३८५...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरिएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती महिलामाथि भएको भनिएको दुर्व्यवहारको घटनाले आफ्ना पिता तथा पूर्वअर्थमन्त्री स्व....
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend