Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • खुला स्थानमा आगो बाल्नेलाई महानगरले तिरायो ५ हजार जरिवाना


    मंगलबार, जेष्ठ ९ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलाई कारबाही गरेको छ । काठमाडौं महानगरपालिका–९ का सञ्जीव रावतलाई महानगरले प्रशासनिक दण्ड, जरिवाना अन्तर्गत ५ हजार रुपैयाँ जरिवाना तिराएको हो ।

    २५ कात्तिक २०७९ मा काठमाडौं महानगरपालिकाले खुला रुपमा आगो बाल्न निषेध गरेको सूचना जारी गरेको थियो । सोही ऐनका आधारमा जरिवाना गरिएको महानगर प्रहरीले जनाएको छ । खुला स्थानमा आगो बाल्दा ‘वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने’ महानगरले बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार