Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा.भट्टराई भन्छन् – प्रधानमन्त्रीलाई मुद्दा हाल्न पाइन्छ तर जनयुद्धकालीन मुद्दा अदालतले हेर्न हुँदैन


    सोमबार, फाल्गुन २२ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउन पाइने भए पनि जनयुद्धकालीन मुद्दा भने सत्य निरूपण तथा मेलमिलाप आयोगले हेर्ने बताएका छन् । आज बिहान ट्वीटमार्फत उनले यस्तो बताएका हुन् ।

    शान्ति सम्झौता अनुसार जनयुद्धकालीन मुद्दा नियमित अदालतले हेर्न नहुने डा.भट्टराईको भनाइ छ । उनले प्रधानमन्त्री प्रचण्डलाई मुद्दा लगाउन पाउँदैन नभनेको उल्लेख गर्दै सो हक आफूमा पनि लागू भएको र प्रचण्डको हकमा पनि त्यही हुने बताएका छन् ।

    ‘बहालवाला प्रधानमन्त्रीलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन। मज्जाले पाइन्छ। म आफैं प्रधानमन्त्री छँदा थुप्रै मुद्दा खेपेको छु, अदालतमा हाजिर भएको छु । तर शान्ति सम्झौताअनुसार जनयुद्धकालीन मुद्दा टिआरसीले हेर्ने हो, नियमित अदालतले हैन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हकमा पनि त्यही हो। आवेग हैन विवेकले काम गरौं,’ उनले लेखेका छन् ।

    यसअघि नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष प्रचण्डका अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतले रिट दर्ता गर्न दिएको आदेशप्रति आपत्ति जनाएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार