काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका करिब १ हजार १ सय जनाको राजनीतिक नियुक्ति खारेज गर्दा पनि चलखेलका आधारमा गरेको तथ्य फेलापरेको छ ।
सरकारले ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश, २०८३’ जारी गरेर सबै राजनीतिक नियुक्ति खारेज गरे पनि उद्योग मन्त्रालय र युवा तथा खेलकूद मन्त्रालयका केहीलाई जोगाएर अरुलाई बर्खास्त गरिएको छ ।
सधैं पदलोलुप र आफन्तलाई राजकीय नियुक्ति दिलाउन लागिपर्ने आरोप लागेका राष्ट्रपति रामचन्द्र पौडेलले सरकारसँग अध्यादेशमा सौदाबाजी गरेको खुलासा भएको छ । युवा तथा खेलकूद मन्त्रालय मातहतको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशक अनिलराज पौडेल राष्ट्रपति पौडलका भतिजा हुन् ।
कोषका कार्यकारी निर्देशक पौडेललाई थमौती गर्ने सौदाबाजी गरी सबै अध्यादेश उनले जारी गरेको आरोप लागेको छ । युवा तथा खेलकूद मन्त्रालयले नेपाल स्काउट, जहाँ नेपाल सरकारको प्रत्यक्ष संलग्नता नभए पनि अध्यादेशको अनुसूचीमा राखेर त्यहाँको राष्ट्रिय कार्यकारी समितिलाई बिघटन गरिएको छ ।
युवा तथा खेलकूद मन्त्रालयका सचिव लोकनाथ पौडेलको प्रस्तावलाई जस्ताको तस्तै मन्त्री सस्मित पोखरेलले कार्यान्वयन गरेका छन् । जसका कारण हटाउनै नपर्ने नेपाल स्काउटलाई अध्यादेशको अनुसूचीमा राखिनु र नेपाल सरकारको पूर्ण स्वामित्व भएको र हटाउनैपर्ने युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक अनिल पौडेललाई भने राष्ट्रपति पौडेलसँग सौदाबाजी गरी प्रधानमन्त्री वालेन्द्रले थमौती गरेका छन् ।
त्यसैगरी, उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतका आधा दर्जन राजनीतिक नियुक्तिलाई अध्यादेशले जोगाउने काम गरेको छ । दोस्रो पटक आर्थिक चलखेलका आधारमा नेपाल आयल निगमको कार्यकारी निर्देशक भएका चण्डिकाप्रसाद भट्टलाई समेत जोगाइएको छ । वालेन्द्र शाहको सचिवालय र मन्त्रीनिकटका ब्यक्तिहरुले ठूलो आर्थिक चलखेल गरी भट्टलाई जोगाइएको स्रोतको दाबी छ ।
निगममा भैरहवाको रोहिणीखोलादेखि चितवनको लोथरसम्म जग्गाको ब्यवस्थापनका नाममा माटो सम्याएरमात्रै करोडौं भ्रष्टाचार गरेको आरोप भट्ट र एयरपोर्ट डिपोका प्रमुख प्रदीप यादवमाथि लाग्ने गरेको छ । पटक–पटक इन्धनको मूल्यबृद्धिको सूचना पम्पहरुलाई पहिल्यै लिक गर्ने र बिभिन्न शीर्षकमा करोडांैंको चलखेल गरेको भए पनि प्रधानमन्त्री शाह र उनका सल्लाहकारले उलाई जोगाएका छन् ।
भट्टलाई जोगाउन उद्योग मन्त्रालयका सचिव राउतले महत्वपूर्ण भूमिका खेलेका थिए । सचिवलाई राम्रोसँग प्रभावमा पारी भट्टले पद सुरक्षित गरेका छन् । क्राइटेरियासमेत नयाँ स्थापित गरिएको छ । कम्पनी ऐन अन्तर्गत स्थापित भएका संस्थानहरुको प्रमुख र संचालक समितिका सदस्यहरुलाई नचलाउने क्राइटेरिया सचिव राउतमार्फत् तय गरी उद्योग मन्त्री गौरी यादव र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुलाई समेत बिश्वासमा लिन भट्ट सफल भएका छन् ।
आयल निगमको प्रमुख र सदस्यहरुको पद सुरक्षित रहेपछि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडका सीईओ रमेश आचार्य पनि जोगिएका छन् । आचार्य र सचिव राउतबीच घनिष्ठ सम्बन्ध रहेको छ । निर्वाचन आयोगको सचिव हुँदा जीटुजीका नाममा आचार्यलाई निर्वाचन सामग्री खरिद गर्न दिएर करोडौंको लाभ लिएको आरोप छ ।
उदयपुर, हेटौंडा सिमेन्ट जस्ता घाटामा गएका क्रोनिक संस्थानका पदाधिकारीहरुको पद पनि जोगिएको छ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend