काठमाडौं । निर्वाचन प्रहरीको पोशाक खरिदका बारेमा तत्कालीन गृहमन्त्री ओमप्रकाश अर्याल र आईजीपी दानबहादुर कार्कीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट छानबिन भइरहेका समाचार बारम्बार आइरहेका छन् ।
निर्वाचन प्रहरीको पोशाक खरिदमा अनियमितताबारे अध्ययन गर्न रास्वपा सांसद मनिष झाको नेतृत्वमा छुट्टै संसदीय उपसमिति पनि बनेको छ । तर समितिको प्रतिवेदन समेत नपर्खी सरकारले प्रहरी महानिरीक्षक परिवर्तन गरेको छ ।
निर्वाचन प्रहरीको पोशाकदेखि जुत्ता खरिदमा अनियमितता भएकोबारेमा अख्तियारलाई प्रधानमन्त्रीको सचिवालयबाट मुद्दा दर्ता गर्न चर्को दबाब परिरहेका समाचार पनि बाहिरिएका छन् । तर प्रधानमन्त्री वालेन्द्र शाहनिकट सांसद बिदूषी राणासमेत निर्वाचन प्रहरीको खरिदमा तानिनुपर्ने भएको छ ।
निर्वाचन प्रहरीको बन्दोबस्तीका सामानमा बिदूषी राणाको किरण सुज म्यानुफ्याक्चर्सको गोल्डस्टार जुत्ता पनि समावेश छ । गोल्डस्टार जुत्ता खरिद गर्न स्वयं राणाले हाल सरकारमै रहेका मुख्य मानिसहरुमार्फत् पनि प्रहरी नेतृत्वलाई दबाब दिएको कुरा बयानका क्रममा खुलेमा उनीबिरुद्ध पनि मुद्दा चलाउनुपर्ने हुन्छ ।
अरु पोशाक खरिदमा अनियमितता भएको भए गोल्डस्टार जुत्तामा पनि भएकै छ, सांसद खगेन्द्र सुनारले जुत्ता र मोजाको कुरा पनि असभ्यतापूर्वक संसदको सार्वजनिक लेखासमितिमा उठाएकै थिए । उनले जुत्ता मोजामा समेत कमिसन खाएको आरोप लगाएकाले जुत्ता आपूर्ति गर्ने कम्पनी किरण सुजलाई उन्मुक्ति दिने ठाउँ हुनेछैन । दबाब दिएर चयनमुखी अनुसन्धान गरेर जोगाउन खोजे सरकार नै विवादमा पर्नसक्छ ।
रास्वपा सांसद विदुषी राणाले पहुँचका आधारमा गोल्डस्टार जुत्ता निर्वाचन प्रहरीलाई खरिद गर्न लगाएको कुरा बयानमा खुलेमा उनले उन्मुक्ति पाउने संभावना कम देखिन्छ ।
नेपाल प्रहरीले एक लाख ३३ हजार ९ सय ८० निर्वाचन प्रहरी भर्ना गरेकोमा सोही बराबरको संख्यामा राणाको किरण सुजबाट उत्पादित गोल्डस्टार जुत्ता खरिद गरिएको थियो । त्यतिबेला प्रहरी हेडक्वार्टरले अनिवार्य स्वदेशी उत्पादन प्रयोग गर्न निर्देशन दिएपछि गोल्डस्टार जुत्ता खरिद गरिएको थियो । एक लाख ३३ हजार ९ सय ८० जोर जुत्ता खरिदको लागि अन्य जुत्ता कम्पनी पनि भिडेका थिए तर प्रहरी नेतृत्वले स्वदेशी कम्पनीलाई बढावा दिन गोल्डस्टार जुत्ता खरिद गरिएको थियो ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको छ । उनी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा यही मङ्सिर ६ गते भारतको...
काठमाडौैं । सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित चिनियाँ नागरिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेकोक छ । बुधबार नेपाल वायुसेवा निगमको आरए–४१० को उडानमार्फत्...
काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम गर्न नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल...
काठमाडौँ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले एन्टिबायोटिकको बढ्दो दुरुपयोग र प्रतिजैविक प्रतिरोध (एन्टिमाइक्रोबियल रेसिस्टेन्स) नियन्त्रणका लागि सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताएका...
काठमाडौं । गुल्मीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पर्वतकुमार केसी मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीको सिनियर अधिकृत निवास क्वार्टरमा बस्दै आएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend