Nepal Face
  • मंगलबार, ९ मंसिर २०८३
  • प्रधानमन्त्री बालेनले भारतीय समकक्षी मोदीसँग आज भेटवार्ता गर्दै


    सोमबार, मंसिर ८ २०८३
    180
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज द्विपक्षीय वार्ता हुँदैछ ।

    वार्ताका क्रममा नेपाल र भारतबीच विभिन्न सातभन्दा बढी समझदारीपत्र (एमओयू) तथा सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम छ ।

    सोमबार बिहान ११ः१५ बजे नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच ‘वन अन वन’ भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक हुनेछ ।

    बैठकपछि शिक्षा, स्वास्थ्य, खेलकुद, पूर्वाधार तथा विपद्पछिको पुनर्निर्माण र पुनःस्थापनालगायतका क्षेत्रमा सहकार्य गर्ने विषयमा एमओयू तथा सम्झौतापत्रमा हस्ताक्षर गरिनेछ ।

    सम्झौतामा हस्ताक्षरपछि दुवै प्रधानमन्त्रीले संयुक्त प्रेस ब्रिफिङमार्फत भेटवार्ता र द्विपक्षीय बैठकका निष्कर्ष सार्वजनिक गर्ने कार्यक्रम छ ।

    त्यसपछि प्रधानमन्त्री शाह भारतीय प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् ।

    दिवाभोजपछि प्रधानमन्त्री शाहले सोमबार दिउँसो ३ः३० बजे भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

    राष्ट्रपति मुर्मूसँगको भेटपछि प्रधानमन्त्री शाह दिउँसो ४ः५० बजे नयाँ दिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्ने कार्यक्रम छ। उनी साँझ ६ः४५ बजेतिर काठमाडौं आइपुग्नेछन् ।

    प्रधानमन्त्री शाह दुईदिने औपचारिक भ्रमणका क्रममा भारतमा छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार