भवानी खतिवडा
अहिले निजामती सेवा ऐन निर्माणको क्रममा रहेको छ । केही सञ्चार माध्यमहरूले बेलाबखत यस सम्बन्धी समाचारहरू लेख्छन् । समाचार पनि यसरी लेख्छन् कि मानौँ निजामती कर्मचारीहरू यो देशका शत्रु हुन् र हरहिसाबले पाता कस्ने खालको ऐन ल्याएर यिनीहरूलाई तह लगाउनुपर्छ । धेरैभन्दा धेरै निजामतीलाई घोक्रे ठ्याक लाएर घर पठाउनुपर्छ । त्यसो गरियो भने मात्रै देशले अकल्पनीय कायापलट गर्नेछ ।
निजामती कर्मचारीका लागि ल्याइन लागेको निजामती सेवा ऐनको स्वरूप कस्तो छ, ऐनमा के कस्ता प्रावधानहरू राखिएका छन् भन्ने कुराको सुइँकोसम्म पाइएको छैन ।
जसका लागि ऐन ल्याउन लागिएको हो उनीहरूलाई नै गुमराहमा राखेर ल्याइने ऐन कस्तो हुन्छ ? यो त भविष्यले नै बताउला ।
समाचारमा फैलाइएको अफवाहका पछि लागेर झन्डै एक हजार कर्मचारीले राजीनामा दिएर सेवाबाट अलग भइसकेका छन् ।
३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पुगेका कर्मचारीहरू त्रसित मानसिकता बोकेर जागिर खाइरहेका छन ।
आदरणीय कर्मचारी मित्रहरू,
हामी एउटा सेवा र शर्तको अधिनमा रहेर निजामती सेवामा प्रवेश गरेका कर्मचारी हौँ । ५८ वर्ष उमेरसम्म जागिर खाने र जति वर्ष सेवा गरेको हो त्यति बर्षको अवधि गणना गरेर निवृत्तिभरण लिन पाउने अधिकारसहित सेवा प्रवेश गरेका हौँ ।
सरकारले हामीलाई स्वेच्छिक अवकाशको प्रावधान ल्याएर घर जाऊ भन्न पाउँछ । हामी सोही बमोजिम घर जान तयार पनि छौं तर अहिले समाचारमा लेखिएजस्तो जबर्जस्ती घर पठाउने र जतिसुकै बर्ष सेवा गरेको भए पनि पेन्सन सुविधामा ३० वर्षभन्दा बढी गणना नहुने भन्ने प्रावधान साँच्चिकै राखिएको हो भने चाहिँ हामी न्याय प्राप्तिका लागि लड्नुपर्छ भन्नेमा छु म ।
तपाईँहरू के भन्नुहुन्छ ? आउनुहोस् छलफल गरौँ …
सम्राट उपाध्याय नेपालको निजामती प्रशासन मुलुकको शासन व्यवस्था सञ्चालन गर्ने स्थायी सरकार हो । राजनीतिक नेतृत्व आवधिक रूपमा परिवर्तन भइरहने हुनाले नीतिगत निरन्तरता, संस्थागत स्मृति...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रमा ५ महिनामा पाँचौं सचिवका रुपमा चक्रबहादुर बुढाले पद सम्हाल्दैछन् । तीन दिनअघि राष्ट्रिय सतर्कता केन्द्रको सचिवमा भूपाल बराललाई बुधबार...
काठमाडौं । गृह मन्त्रालयले सरुवा गरिसकेको १४ दिन बितिसक्दा पनि जिल्ला प्रशासन कार्यालय पर्साका नायब सुब्बा गौरीशंकरप्रसाद गुप्तालाई पुरानै जिम्मेवारीमा राखिएको विषयले प्रशासनिक वृत्तमा...
मोहनकुमार घिमिरे संघीय निजामती सेवा ऐन मुलुकको प्रशासन चलाउने एउटा अर्को कानुनमात्र होइन, यो राज्य र निजामती कर्मचारीबीचको सम्बन्ध, जिम्मेवारी, अधिकार, सेवा–सर्त र उत्तरदायित्व निर्धारण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend