भवानी खतिवडा
अहिले निजामती सेवा ऐन निर्माणको क्रममा रहेको छ । केही सञ्चार माध्यमहरूले बेलाबखत यस सम्बन्धी समाचारहरू लेख्छन् । समाचार पनि यसरी लेख्छन् कि मानौँ निजामती कर्मचारीहरू यो देशका शत्रु हुन् र हरहिसाबले पाता कस्ने खालको ऐन ल्याएर यिनीहरूलाई तह लगाउनुपर्छ । धेरैभन्दा धेरै निजामतीलाई घोक्रे ठ्याक लाएर घर पठाउनुपर्छ । त्यसो गरियो भने मात्रै देशले अकल्पनीय कायापलट गर्नेछ ।
निजामती कर्मचारीका लागि ल्याइन लागेको निजामती सेवा ऐनको स्वरूप कस्तो छ, ऐनमा के कस्ता प्रावधानहरू राखिएका छन् भन्ने कुराको सुइँकोसम्म पाइएको छैन ।
जसका लागि ऐन ल्याउन लागिएको हो उनीहरूलाई नै गुमराहमा राखेर ल्याइने ऐन कस्तो हुन्छ ? यो त भविष्यले नै बताउला ।
समाचारमा फैलाइएको अफवाहका पछि लागेर झन्डै एक हजार कर्मचारीले राजीनामा दिएर सेवाबाट अलग भइसकेका छन् ।
३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेर पुगेका कर्मचारीहरू त्रसित मानसिकता बोकेर जागिर खाइरहेका छन ।
आदरणीय कर्मचारी मित्रहरू,
हामी एउटा सेवा र शर्तको अधिनमा रहेर निजामती सेवामा प्रवेश गरेका कर्मचारी हौँ । ५८ वर्ष उमेरसम्म जागिर खाने र जति वर्ष सेवा गरेको हो त्यति बर्षको अवधि गणना गरेर निवृत्तिभरण लिन पाउने अधिकारसहित सेवा प्रवेश गरेका हौँ ।
सरकारले हामीलाई स्वेच्छिक अवकाशको प्रावधान ल्याएर घर जाऊ भन्न पाउँछ । हामी सोही बमोजिम घर जान तयार पनि छौं तर अहिले समाचारमा लेखिएजस्तो जबर्जस्ती घर पठाउने र जतिसुकै बर्ष सेवा गरेको भए पनि पेन्सन सुविधामा ३० वर्षभन्दा बढी गणना नहुने भन्ने प्रावधान साँच्चिकै राखिएको हो भने चाहिँ हामी न्याय प्राप्तिका लागि लड्नुपर्छ भन्नेमा छु म ।
तपाईँहरू के भन्नुहुन्छ ? आउनुहोस् छलफल गरौँ …
काठमाडौं । नेपाल सरकारले निजामती कर्मचारीको दरबन्दी कटौतीका नामामा जथाभावी गरेको छ । संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) गरेर बिभाग र मन्त्रालय गरी २...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
शसांक रेग्मी बाढीपहिरो पीडितको उद्धार र राहतका लागि नेपाल प्रहरीले आफ्ना कर्मचारीको तलबबाट करिब ४० करोड रुपैयाँ काटेर गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग...
काठमाडौं । गृहमन्त्रालयले २३ उपसचिव र सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापनसँगै केही जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी...
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा। अञ्जना सिंह र रजिस्ट्रारमा प्रा। रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend